Date
बुध, भदौ २४, २०८३
Wed, September 9, 2026

स्वास्थ्य तथा परामर्श शिविर सम्पन्न

spot_img
spot_img

वीरगंज, ४ साउन ।
बाराको जितपुर सिमरा उपमहानगरपालिकाको वडा नं. ५ बकुलियामा आज स्वास्थ्य तथा परामर्श शिविर सम्पन्न भएको छ । हेल्प युवा क्लब जितपुर सिमरा तथा नारायणी बयोधा अस्पतालको संयुक्त आयोजनामा नेपाल राष्ट्रीय नमूना माध्यमिक विधालय बकुलियामा भएको शिविर सम्पन्न भएको हो ।

बयोधा अस्पतालका वरिष्ठ विशेषज्ञ डाक्टरहरुको टोलीद्वारा बाल रोग, जेनरल स्वास्थ्य, हाड़जोर्नी, फिजियोथेरेपी तथा अन्य रोग सम्बन्धी स्वास्थ्य परिक्षण गरिएको आयोजक क्लबका अध्यक्ष फ़ैयाजुल हक़ अंसारीले जानकारी गराए । केहि दिन आगाडी गएको बिषण बर्षा र बाढ़ीको कारण प्रायः मानिसहरु ज्वरो टाइफाइड तथा झाडापखालाले ग्रसित हुने गरेकोले शिविरको आवश्यकता रहेको बयोधा अस्पतालका डाक्टरहरुको भनाई थियो ।

शिविरमा बाल रोग विशेषज्ञ डा. श्रद्धा पन्त, डा. नवीन प. यादव, डा. सचिन यादव, डा. गौरव पौडेल, जेनेरल फिजिशियन, डा. शिखर दाहाल, डाईटीसीयन आदि डाक्टरहरुको टीमद्वारा गरीब तथा विपन्न परिवारलाई निःशुल्क स्वास्थ्य परीक्षण गरिएको थियो । जसमा रगत तथा सुगर जाँच पनि निःशुल्क सेवा उपलब्ध गराएको बयोधा अस्पतालका माके्रटिंग हेडका इमामुल हक र कृष्णा साहले जानकारी गराए ।

शिविरमा करीब ५३० जनाले आफ्नो स्वास्थ्य जांच गराई लाभान्वित भएको क्लबका संयोजक दीपेन्द्र यादवले जानकारी गराए । कार्यक्रम इलाका प्रहरी कार्यालय जितपुर ७ बारा तथा स्थानीयको सहयोगमा सम्पन्न भएको थियो । कार्यक्रममा क्लबका सन्तोष झा, बिकाश गुप्ता, अयुब आलम, गणेश गुप्ता, राजू चौधरी, सुभाष रौनियार, अम्बर सहनी, मोती आलम लगायतका सदस्यहरुको उपस्थिति रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपाकाे वीरगंजमा एउटै दिन एउटै समयमा दुई छुट्टाछुट्टै कार्यक्रम किन ?

वीरगंज । पर्सामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र गुटगत विवाद रहेको संकेत देखिएको छ । राष्ट्रिय शोक दिवसका अवसरमा सोमबार वीरगंजमा पार्टीका जिल्ला समिति...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : सिनियरतर्फ रोयल एकेडेमी च्याम्पियन

वीरगंज । प्याब्सन पर्सा र वीरगंज आयोजनामा सञ्चालन हुँदै आएको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनल प्रतियोगिता सम्पन्न भएको छ...

ह्याचरीको फोहोर र दुर्गन्धले बस्ती प्रभावित, शिवम् लेयर्स फार्म बन्द गर्न नेता पाण्डेको माग

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ गादीमा रहेको शिवम् लेयर्स फार्म प्रालिद्वारा सञ्चालित ह्याचरीबाट निस्कने फोहोर, दुर्गन्ध तथा झिँगाका कारण आसपासका बस्ती प्रभावित भएको भन्दै...