Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

सासू माथी धारिलो हतियार प्रहार गर्ने बुहारीको सहयोगी पक्राउ

spot_img
spot_img

वीरगंज, २२ असार ।
पर्साको कालिकामाई गाउँपालिका वडा नम्बर २ भेडिहारीमा आफनै सासुलाई धारिलो हतियार प्रयोग गरी गम्भीर घाईते बनाएकी ईन्दु देवी रामको सहयोगी प्रहरीले पक्राउ गरेको छ ।

ईन्दुले आफनै सासु भेडिहारी निवासी भोज रामकी श्रीमती ५५ बर्षीय राजपति देवी रामलाई शुक्रबार राती २ बजे धारिलो हतियार प्रयोग गरी गम्भीर घाईते बनाएकी थिईन । घाईते राजपतिको बिरगंजको न्यरो अस्पतालमा उपचारको क्रममा होस आए पछि दिइएकी ब्यान अनुसार र शनिबार ईलाका प्रहरी कार्यालय पोखरीयाको टोलीले धोबिनी गाउँपालिका वडा नम्बर ५ धोबिनीका २० बर्षीय ढेलवा भनिने सुनर पासवानलाई पक्राउ गरेको हो ।

प्रहरी नियनत्रणमा रहेका पासवानले पटक पटक भोज रामको घरमा आउने जाने र भोज रामको बुहारी ईन्दु देवी राम सित कुराकानी गर्ने गरेको पोल खुलेको छ । ढेलवाका कारण नै भोजको घरमा पटक पटक झैझगडा हुने गरेको थियो ।

सोही सिलसिलामा शुक्रबार राती ८ बजे नै धोबिनीका सुनर पासवान मेरो घरमा प्रबेश गरेको भोजको भनाई छ । मेरो श्रीमती राजपतिलाई घरमा आएको पता लागे पछि खोजतलास गर्दा पासवान र ईन्दुले धारिलो हतियार प्रयोग गरेको पिडीत भोजले बताएका छन ।

ढेलवा पासवान र ईन्दुको भाई बिनोद साथी रहेको प्रहरीले जनाएको छ । साथीको बहाना गर्दै सधै भोजको घरमा ढेलवा आउने जाने गर्नाले समस्या उत्पन भएको सबैठवा प्रहरी चौकीका ईन्चार्ज भरत यादवले बताए ।

बुहारी ईन्दु र ढेलवा पासवान दुबै जना मिली आफुलाई धारिलो हतियार प्रयोग गरि घाइते बनाएको राजपतिले प्रहरी समक्ष ब्यान दिएकी छिन । आज ईन्दु र ढेलवा भनिने सुनर पासवान दुबै जना माथी घाईते भएकी राजपतिका श्रीमान भोजले जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी समेत दिएका छन । यस बिषयमा प्रहरीले अनुसंधान जारी राखेको र कार्यवाही प्रक्रिया अगाडी बढाएको जनाएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगञ्ज मेनरोड विस्तारको ठेक्का आह्वान, दुई खण्डमा काम हुने

वीरगञ्ज । वीरगञ्जको मुख्य सडक (मेनरोड) विस्तार तथा स्तरोन्नतिका लागि ठेक्का प्रक्रिया अघि बढेको छ। सडक डिभिजन कार्यालय हेटौँडाले मितेरी पुलदेखि गण्डक चोकसम्मको सडकलाई...

दसैँ–तिहारमा चिनी अभाव हुन नदिन सरकारको तयारी

काठमाडौँ । दसैँ, तिहारलगायतका चाडपर्वमा चिनीको अभाव हुन नदिन खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चिनीको मौज्दात व्यवस्थापन गरेको छ। कम्पनीसँग हाल झन्डै २२...

चार हजार ९९९ मै टेलिकमको फाइबर इन्टरनेट

काठमाडौँ । सरकारी स्वामित्वको नेपाल टेलिकमले आजदेखि चार हजार ९९९ मै ३० एमबिपिएसको इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ । निजी क्षेत्रका इन्टरनेट सेवा प्रदायकले...