Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

निःशुल्क स्वास्थ्य शिविर तथा आँखा चेकजाँच सम्पन्न

spot_img
spot_img

वीरगंज, १४ असार । वीरगंज आदर्शनगर ग्रीन सिटि सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरीद्वारा वयोधा अस्पताल र माट्रीका आई फाउण्डेशनको सहयोगमा स्वास्थ्य शिविरको आयोजना गरिएको छ । सो शिविरको अध्यक्षता ग्रीन सिटी सामुदायिकका अध्यक्ष प्रकाश खेतान रहेका थिए भने कार्यक्रमको प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरिक्षक सामेन्द्र सिंह राठौरले शिविरको उद्घाटन गर्नु भएको थियो ।

सो शिविरमा ७५० जना बिरामीले निःशुल्क चेकजाँच गराएका थिए भने शिविरमा बिरामीहरुलाई निःशुल्क औषधी वितरण समेत गरिएको थियो । शिविरमा वयोधा अस्पतालका समस्त टिम सहयोगी विशेषज्ञ डाक्टरहरुले बाल रोग विशेषज्ञ, गाइनो, जनरल लाईन फिजिसियन र माट्रीका आई फाउण्डेशनका डा. महेश सिंह धामीले बिरामीहरुको आँखाको चेकजाँच गरेका थिए । वयोधा अस्पतालका डाक्टर खुशबु अग्रवाल, डा. रन्जन कुमार झा, डा. नविन कुमार सिंह, डा. राजिव कुमार साह, डा. नविन प्रसाद यादव, डा. सारधा पन्त, डा. एस.क. जैसवाल, डा. सृजना हाडा लगायतका डाक्टरहरुले चेकजाँच गरेका थिए ।

कार्यक्रममा वीरगंज महानगरपालिकाका मेयर बिजय सरावगी, उप–मेयर शान्ति कार्की, जिल्ला प्रशासन कार्यालय पर्साका नेत्र प्रसाद शर्मा, विभिन्न संघसंस्थाका पदाधिकारीहरु लगायत सञ्चारकर्मी र स्थानीय भद्रभलादमीहरुको उपस्थिती रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
दिपेन्द्र यादव
दिपेन्द्र यादव
बारा प्रतिनिधि ९८४५२६१५२७

थप समाचार

एमाले वीरगंज महानगर कमिटीमा लियाकत अली नेतृत्वलाई मान्यता, सुन्दर कुर्मीको नियुक्ति बदर

वीरगंज । नेपाल कम्युनिष्ट पार्टी (एमाले) मधेश प्रदेश कमिटीले पर्सा जिल्ला कमिटीको नामबाट वीरगंज महानगर कमिटीको अध्यक्षमा सुन्दर कुर्मीलाई गरिएको नियुक्ति बदर गरेको छ...

नेशनल मेडिकल कलेजमा ६८ जनाद्वारा रक्तदान

वीरगंज । रसुवाका बाढीपीडित तथा प्रभावित नागरिकहरूको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान...

जिराभवानी गाउँपालिकाले बाढीपीडितका लागि ५ लाख ५५ हजार सहयोग गर्ने

सेढवा । पर्साकाे जिराभवानी गाउँपालिकाले बाढीपहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट...