Date
सोम, भदौ २९, २०८३
Mon, September 14, 2026

टोनार्डो पछि सरकारको पुन निर्माणमा साँघु बन्दै सानो पाइला

spot_img
spot_img

वीरगंज, १६ जेठ ।
टोनार्डो पछि सरकारको पुन निर्माणमा सानो पाइला साँघु बन्दै गएको छ । वीरगंज छपकैया स्थित आफ्नो कार्यालयमा सानो पाइलाले पत्रकार सम्मेलनको आयोजना गर्दै टोनार्डो पछि सरकाको पुन निर्माण साँधु बन्दै गएको वताएको हो ।

पत्रकार सम्मेलनमा वोल्दै सानो पाइलाका बिक्रम उपाध्यायले सेनाले टोनार्डोबाट पूर्ण क्षती भएका घरहरु मात्र निर्माण गरिरहेको वताए । तर टोनार्डोले बारामा आंशिक क्षति भएकाहरुमा पनि प्राकृतिक प्रकोपको जोखिम र बस्ने अवस्थाना नरहेको उनले वताए । सरकारी योजनामा यी घरहरुका बिषयमा केही निर्णय हुन नसकेको बताउदै उनले भने त्यही भएर धेरै पिडितहरु अहिले पनि आफु सरकारी राहत र योजनामा नअटाएको गुनासो घटना स्थल क्षेत्रमा सुनिएको छ’ ।

उनले थपे ‘यो फितलो समन्वय, नेतृत्वको कमजोरी र लक्ष्यप्राप्तिमा सामुहिक प्रतिबद्धता भएको छैन्’। त्यसैले सरकारी सहयोगबाट उपेक्षित भइरहेका छन् ।

सानो पाइलाका जय साहले टोनार्डो गए लगतै संस्थाले राहत र उद्दारसँगै आफ्नो सहयोगि संस्थाहरुको सहकार्यमा ‘पुर्ननिर्माण बारा’ संचालन गरिरहेको वताए । उनले टोर्नाडो पछि विधुतिय आपूर्ति अवरुद्ध हुँदा अध्यारोमा बस्न बाध्य प्रभावित क्षेत्रमा एक सय घरधुरीलाई सोलार लालटेन र दुईओटा एककिलो वाट क्षमताको सौर्य उर्जा विधुत जडान पनि सानो पाइलले गरेको वताए ।

सानो पाइलाले ‘पुर्ननिर्माण बारा’ अन्तर्गत हाल सम्म ५ लाख रुपैयाँ संकलन गरेको सानो पाइलाका भाजु पटेलले वताए । उनले भने ‘हामीले उपलब्ध रकम र आउने थप सहयोग सरकारी निकायको नजरमा नपरेको आंशिक र सामान्य क्षति पुगेको घरको मर्मत संभार, टोनार्डो पिडित बालबालिका लागि कक्षा संचालन संगै सरकारी निकायलाई आवश्यक सहयोग गर्नेछौं ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मधेशमा ७७४ अस्थायी स्वास्थ्यकर्मीको कामकाजमा रोक

राजविराज । मधेश प्रदेशका स्वास्थ्य संस्थामा अस्थायी दरबन्दीमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कामकाजमा नखटाउन तथा हाजिर नगराउन प्रदेश सरकारले निर्देशन दिएको छ। मधेश प्रदेश...

उपनेश चौरसिया तरुण दल पर्साको उपाध्यक्षमा नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्सा जिल्ला कार्यसमितिको उपाध्यक्षमा उपनेश कुमार चौरसिया नियुक्त भएका छन्। नेपाल तरुण दल पर्साका जिल्ला अध्यक्ष बालमीकी यादवले जिल्ला कार्यसमितिलाई...

सुधीर पटेलको नेतृत्वमा धादिङका बाढीपीडितलाई १५ लाखको राहत सामग्री वितरण

वीरगंज । जेन–जी पर्सा तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा नेता सुधीर पटेलले धादिङको गजुरी गाउँपालिकाका बाढीपीडित परिवारलाई करिब १५ लाख रुपैयाँ बराबरको...