Date
शुक्र, कार्तिक ७, २०८३
Fri, October 23, 2026

दोषीलाई कानुन अनुसार कारवाही नभए अखिल क्रान्तिकारी आन्दोलनमा उत्रन बाध्य हुने चेतावनी

spot_img
spot_img

महोत्तरी सोनमा गाँउपालिकाका कार्यालयले पत्रकारलाई धम्कीपूर्ण शब्दमा प्रेस विज्ञप्ति निकालेको प्रति अखिल क्रान्तिकारी प्रदेश नं. २ को गम्भीर ध्यानाकर्षण भएको छ । अखिल क्रान्तिकारीले आईतबार प्रेस विज्ञप्ति जारी गर्दै लहानमा अध्ययन गर्दै आएका दुई विद्यार्थीलाई गाँउमा ल्याई निर्घात रुपमा कुटपिट जस्ता कार्य निन्दिय भएकोले सथ्यतथ्य छाानविन गरि दोषीलाई कारवाहीको लागि माग गरिएको छ ।

संगठनका संयोजक सुर्य नारायण साहद्धारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा उल्लेख भएअनुसार पत्रकारलाई ठाडै धम्कीपूर्ण भाषामा प्रेस विज्ञप्ति जारी गर्ने गाँउपालिकाको कार्यालयको सर्वसधारणको हकमा कतिको न्याय गर्दो रहेछ बारेमा आपति जनाएका छन । घटनामा दोषीलाई कानुन अनुसार कारवाही नभए अखिल क्रान्तिकारीले आन्दोलनमा उत्रन बाध्य हुने चेतावनी दिएका छन ।

आईतबार सोनमा गाँउपालिकाको कार्यालयले समाचार लेखेको भन्दै रेडियो रुपान्तरणका समाचार संयोजक धनवीर महतो, महोत्तरी पोष्टका सम्वाददाता धर्वेन्द्रकुमार यादव र टुडेपाटी डटकमका शैलेन्द्र महतोलाई धम्कीपुर्ण भाषामा प्रेस विज्ञप्ति जारी गरेका थिए । गाँउपालिकाका प्रवक्ता अशोक कुमार यादवद्धारा जारी विज्ञप्तिमा संघीय सरकार एवम प्रदेश सरकारलाई समेत पत्रकारलाई वचाउनका लागि चुनौती दिएका छन ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
दिपेन्द्र यादव
दिपेन्द्र यादव
बारा प्रतिनिधि ९८४५२६१५२७

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...