Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

दोषीलाई कानुन अनुसार कारवाही नभए अखिल क्रान्तिकारी आन्दोलनमा उत्रन बाध्य हुने चेतावनी

spot_img
spot_img

महोत्तरी सोनमा गाँउपालिकाका कार्यालयले पत्रकारलाई धम्कीपूर्ण शब्दमा प्रेस विज्ञप्ति निकालेको प्रति अखिल क्रान्तिकारी प्रदेश नं. २ को गम्भीर ध्यानाकर्षण भएको छ । अखिल क्रान्तिकारीले आईतबार प्रेस विज्ञप्ति जारी गर्दै लहानमा अध्ययन गर्दै आएका दुई विद्यार्थीलाई गाँउमा ल्याई निर्घात रुपमा कुटपिट जस्ता कार्य निन्दिय भएकोले सथ्यतथ्य छाानविन गरि दोषीलाई कारवाहीको लागि माग गरिएको छ ।

संगठनका संयोजक सुर्य नारायण साहद्धारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा उल्लेख भएअनुसार पत्रकारलाई ठाडै धम्कीपूर्ण भाषामा प्रेस विज्ञप्ति जारी गर्ने गाँउपालिकाको कार्यालयको सर्वसधारणको हकमा कतिको न्याय गर्दो रहेछ बारेमा आपति जनाएका छन । घटनामा दोषीलाई कानुन अनुसार कारवाही नभए अखिल क्रान्तिकारीले आन्दोलनमा उत्रन बाध्य हुने चेतावनी दिएका छन ।

आईतबार सोनमा गाँउपालिकाको कार्यालयले समाचार लेखेको भन्दै रेडियो रुपान्तरणका समाचार संयोजक धनवीर महतो, महोत्तरी पोष्टका सम्वाददाता धर्वेन्द्रकुमार यादव र टुडेपाटी डटकमका शैलेन्द्र महतोलाई धम्कीपुर्ण भाषामा प्रेस विज्ञप्ति जारी गरेका थिए । गाँउपालिकाका प्रवक्ता अशोक कुमार यादवद्धारा जारी विज्ञप्तिमा संघीय सरकार एवम प्रदेश सरकारलाई समेत पत्रकारलाई वचाउनका लागि चुनौती दिएका छन ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
दिपेन्द्र यादव
दिपेन्द्र यादव
बारा प्रतिनिधि ९८४५२६१५२७

थप समाचार

एमाले वीरगंज महानगर कमिटीमा लियाकत अली नेतृत्वलाई मान्यता, सुन्दर कुर्मीको नियुक्ति बदर

वीरगंज । नेपाल कम्युनिष्ट पार्टी (एमाले) मधेश प्रदेश कमिटीले पर्सा जिल्ला कमिटीको नामबाट वीरगंज महानगर कमिटीको अध्यक्षमा सुन्दर कुर्मीलाई गरिएको नियुक्ति बदर गरेको छ...

नेशनल मेडिकल कलेजमा ६८ जनाद्वारा रक्तदान

वीरगंज । रसुवाका बाढीपीडित तथा प्रभावित नागरिकहरूको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान...

जिराभवानी गाउँपालिकाले बाढीपीडितका लागि ५ लाख ५५ हजार सहयोग गर्ने

सेढवा । पर्साकाे जिराभवानी गाउँपालिकाले बाढीपहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट...