Date
आइत, साउन ३, २०८३
Sun, July 19, 2026

आंग खस्ने समस्या समाधानको लागि जनप्रतिनिधिहरुको प्रतिवद्धता

spot_img
spot_img

वीरगञ्ज, ८ बैशाख ।

आंग खस्ने समस्या समाधानको लागि स्थानिय तहहरुमा अभियानको रुपमा चलाउनु पर्ने पर्साका जनप्रतिनिधिहरुले वताएका छन । वीरगञ्जमा शनिबार आयोजित आंग खस्ने समस्या एवं यौन तथा प्रजनन अधिकार सवाल बिस्तारित सम्बन्धि अन्तरक्रिया कार्यक्रममा वोल्ने पर्साका विभिन्न कार्यपालिकाका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकिय अधिकृतहरुले महिलाको आंग खस्ने समस्या समाधाका लागि सहमत भएका हुन ।

जिल्ला समन्वय समिति, पर्साको सभाहालमा भएको कार्यक्रममा वोल्दै वीरगंज महानगरपालिकाका मेयर विजय सरावगीले अगामी आर्थिक बर्ष देखी यौन तथा प्रजनन सम्बन्धि कार्यक्रम तय गरिने वताए । महिलाहरुको आंग खस्ने समस्या समाधानको लागि अगामी आर्थिक बर्ष देखी अभियान कै रुपमा संचालन गरिने वताए । हाम्रो समुदायको लागि महिला प्रजनन अधिकार सम्बन्धि शिक्षा पनि जरुरी रहेको बताउदै उनले भने ‘त्यसको लागि पाठ्यक्रम मै समावेश गरिनु पर्छ’ ।

पर्सागढी नगरपालिकाका मेयर लोकनारायण यादवले महिला प्रजनन सम्बन्धि ज्ञान महिला र पुरुष दुबैको जरुरी रहेको वताए । यस बिषयमा महिला र पुरुषलाई निरन्तर अभियानको रुपमा जानकारी गराउनु पर्छ उनको भनाई थियो । वातावरणिय कृर्षि तथा बिकास केन्द्र काठमाण्डौको सहयोगमा र गैरसरकारी संस्था महासंघ नेपाल पर्साको आयोजनामा कार्यक्रम भएको थियो ।

महिला प्रजनन अधिकार कार्यक्रम अन्तर्गत भएको कार्यक्रममा पर्साका विभिन्न कार्यपालिकाका प्रमुख, उप प्रमुख, प्रमुख प्रशाुसकिय अधिकृत र पत्रकारहरुको सहभागिता रहेको थियो ।

aang khasane programko sahabhagi_kalikatimes

गैर सरकारी संस्था महासंघ नेपाल, पर्साका अध्यक्ष छठु साहको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति, पर्साका सह संयोजक ठाकुर प्रसाद न्यौपाने, वीरगंज महानगरपालिकाका मेयर विजय कुमार सरावगी, पर्सागढी नगरपालिकाका मेयर लोकनारायण यादव, सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष प्रदिप जयसवाल, पकहा मैनपुर गाउँपालिका अध्यक्ष विजय चौरसिया, विन्दवासिनी गाउँपालिकाकी उपाध्यक्ष किरण देवी, नेपाल पत्रकार महासंघ, पर्साका अध्यक्ष श्याम बन्जारा, पोखरिया नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत धर्मराज थापा, जगरनाथपुर गाउँपालिकाका राज कुशवाहा, छिपहरमाई गाउँपालिकाका देवनाथ साह लगायतकाले मन्तव्य राख्दै आंग खस्ने समस्या समाधानको लागि अभियान चलाउने प्रतिबद्धता जनाएका थिए ।

कार्यक्रमको सहजिकरण सहयोगि संस्था वातावरणिय कृर्षि तथा बिकास केन्द्र काठमाण्डौकी ईश्वरी नेपाल, सुमेश भटराई र उमेश यादवले गरेका थिए भने कार्यक्रमको संचालन गैसस महासंघ पर्साका सचिव चन्देश चौहान र कोषाध्यक्ष मनोज यादवले गरेका थिए ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नयाँ आर्थिक बर्ष सुरु भएपनि पर्साका आधा दर्जन भन्दा बढी पालिकाले ल्याएनन् बजेट

वीरगंज । पर्सा जिल्लाका आधा दर्जनभन्दा बढी स्थानीय तहले आर्थिक वर्ष २०८३/०८४ को वार्षिक बजेट हालसम्म सार्वजनिक गर्न सकेका छैनन् । असार मसान्तभित्र अनिवार्य...

बाढी प्रभावित क्षेत्रको सांसद कानु र नेता पटेलद्वारा स्थलगत अवलोकन

वीरगंज । पर्सा निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य सुशील कानुले वर्षाका कारण उत्पन्न बाढी तथा डुबानबाट प्रभावित क्षेत्रको स्थलगत अवलाेकन गर्दै दीर्घकालीन...

कार्यवाहक प्रमुख आलमको पहलमा सबैठवाको ४ वर्षदेखिको नाला विवाद समाधान

वीरगंज । वीरगंज महानगरपालिका वडा नं. २३ सबैठवामा विगत चार वर्षदेखि विवादका कारण अवरुद्ध रहेको नाला (ढल निकास) कार्यवाहक नगरप्रमुख इम्तियाज आलमको सक्रिय पहलमा...