Date
सोम, अशोज ५, २०८३
Mon, September 21, 2026

यौन तथा प्रजनन अधिकार सवाल बिस्तारित सम्बन्धि २ दिने अभिमुखिकरण सुरु

spot_img
spot_img

वीरगंज, ६ बैशाख ।
महिलाहरुको आंग खस्ने समस्या एवं यौन तथा प्रजनन अधिकार सवाल बिस्तारित सम्बन्धि २ दिने अभिमुखिकरण शुक्रबार देखी वीरगंजमा सुरु भएको छ । वातावरणिय कृर्षि तथा बिकास केन्द्र काठमाण्डौको सहयोगमा र गैरसरकारी संस्था महासंघ नेपाल जिल्ला शाखा पर्साको आयोजनामा अभिमुखिकरण कार्यक्रम सुरु भएको हो ।

महिला प्रजनन अधिकार कार्यक्रम अन्तर्गत सुरु भएको अभिमुखिकरणमा पर्साका डेढ दर्जन गैरसरकारी संस्थाका दुई÷दुई जना प्रतिनिधी गरी ३६ जनाको सहभागिता रहेको छ । जिल्ला समन्वय समिती पर्साको सभाहालमा भईरहेको अभिमुखिकरणमा प्रशिक्षिका ईश्वरी नेपाल, प्रशिक्षक सुमेश भटराई र उमेश यादवले प्रशिक्षण दिईरहेका छन ।

गैरसरकारी संस्था महासंघ नेपाल, पर्साका अध्यक्ष छठु साहको अध्यक्षतामा भएको उदघाटन समारोहमा गैरसरकारी संस्था महासंघ नेपाल प्रदेश २ का सदस्य नरेश जयसवाल, सचिव चन्देश चौहान, कोषाध्यक्ष मनोज यादव, सदस्य जयनारायण चौधरी, अरबिन्द साह लगायतकाले मन्तब्य राखेका थिए । कार्यक्रमको सुभारम्भ सामुहिक राष्ट्रगानबाट सुरु गरिएको थियो ।

यस्तै महिला प्रजनन अधिकार कार्यक्रम अन्तर्गत नै आइतबार पर्साका १४ वटा स्थानिय तहका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकिय अधिककृतहरु संग अन्तरक्रिया गर्ने कार्यक्रम रहको सहयोगी संस्था काठमाण्डौकी ईश्वरी नेपालले जानकारी गराइन ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

तेरापन्थ युवक परिषद्को रक्तदान अभियान, ६५ जनाले गरे रक्तदान

वीरगंज । बिरामीको उपचारमा आवश्यक पर्ने रगतको अभाव कम गर्ने तथा सामाजिक सेवामा योगदान पुर्‍याउने उद्देश्यले तेरापन्थ युवक परिषद् वीरगंज–नेपालले आइतबार एकै दिन दुई...

आर्थिक कारोबारमा प्रश्न उठेपछि आदर्श विद्युत उपभोक्ता समितिको साधारणसभा स्थगित

सेढवा । पर्साको जिराभवानी गाउँपालिकास्थित आदर्श विद्युत उपभोक्ता समिति, सेढवाको साधारणसभा विवादका कारण स्थगित भएको छ । जिराभवानी मन्दिरको प्राङ्गणमा आइतबार आयोजित साधारणसभामा विगतको...

सुनसरीको देवानगन्जमा गोली प्रहारबाट घाइते यादवको शरीरबाट गोली निकालियो

सुनसरी । सुनसरीको देवानगन्जमा गोली प्रहारबाट घाइते भएका २४ वर्षीय निरजकुमार यादवको शल्यक्रिया गरी शरीरबाट गोली निकालिएको छ । देवानगन्ज गाउँपालिका–१ मध्यहर्षाहीस्थित बीपी चोकमा शनिबार...