Date
बुध, भदौ १०, २०८३
Wed, August 26, 2026

नयाँ बर्ष आइतबार परेकोले वीरगंजमा मासुको बिक्री कम

spot_img
spot_img

वीरगंज, १ बैशाख ।
नयाँ बर्ष यस बर्ष पनि पर्सा लगायत देश भरी नै धुमधामका साथ मनाइएको छ । नयाँ बर्ष २०७६ को पहिलो दिन आईतबार देश भरी धुमधामको साथ मनाइएको हो । नयाँ बर्षका दिन नयाँ नयाँ ठाउँमा घुमघाम गरी मिठा खाने कुरा खाई मनाउने गरे अनुसार यस बर्ष पनि मनाइएको हो ।

नयाँ बर्षको अवसरमा वीरगंज लगायत विभिन्न ठाउँमा विभिन्न कार्यक्रमको आयोजना गरी पनि मनाइएको छ । यता यस बर्षको नयाँ बर्ष आइतबार परेकोले वीरगंजमा मासुको बिक्री कम भएको छ । तराईमा आईतबारका दिन धेरै जसोले मासु नखाने गरेका कारण मासुको बिक्री कम भएको लकी मिट हाउसका संचालक फयाज आलमले वताए ।

आइतबार अधिकांश महिलाहरु मासु नखाने गरेका कारण पनि मासुको बिक्री कम भएको उनको भनाई थियो । गत बर्ष २० देखि २५ वटा खसी बिक्री गर्दै आएका मासु हुदै आए पनि आज ७ वटा खसी बिक्री मात्र भएको उनले बताए ।

यता मासुको कम बिक्री संगै नयाँ बर्षको चहलपहल पनि घटेको छ । वीरगंजमा रहेको भिस्वा डाँडा, घरिअर्वा पोखरी, भुटनदेवी मन्दिर लगायतको पर्यटकिय स्थलमा समेत चहलपहल कम देखिएको हो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

भाथाधाममा ट्र्याक्टरबाट खसेका किशोरको चक्काले किचेर मृत्यु, चालक फरार

वीरगंज । पर्साको पटेर्वा सुगौली गाउँपालिका–१ स्थित प्रसिद्ध धार्मिक तीर्थस्थल भाथाधाम (बाबा दुधेश्वरनाथ महादेव) मा ट्र्याक्टरबाट खसेका एक किशोरको सोही ट्र्याक्टरले किचेर मृत्यु भएको...

२५ वर्षदेखि बन्द वीरगंज चिनी कारखाना पुनः सञ्चालनको सम्भाव्यता अध्ययन सुरु

वीरगंज । करिब २५ वर्षदेखि बन्द रहेको वीरगंज चिनी कारखाना पुनः सञ्चालनको सम्भाव्यता अध्ययन गर्न सरकारले गठन गरेको कार्यदल स्थलगत निरीक्षणमा जुटेको छ ।...

मुक्त हरवाचरवाको पहिचान र पुनर्स्थापनाको माग गर्दै जनकपुरमा प्रदर्शन

जनकपुर । मुक्त हरवाचरवाको पहिचान, भूमि अधिकार तथा पुनर्स्थापनाको माग गर्दै जनकपुरधाममा हजारौँ मुक्त हरवाचरवाले विरोध प्रदर्शन गरेका छन्। हरवाचरवा संघर्ष समितिको आयोजनामा ‘पहिचान हाम्रो...