Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

कालिकामाईमा शंकास्पद अवस्थामा एक युवकको शव फेला

spot_img
spot_img

वीरगंज, १६ चैत ।
पर्साको कालिकामाई गाउँपालिकाको वडा नं. ३, हरिहरपुरमा शनिबार बिहान एक युवकको शव फेला परेको छ । फेला परेको शव पोखरिया नगरपालिकाको वडा नं. १, बनकटवाका अनर्जित पटेलका छोरा अन्दाजी बर्ष १८ का भुवन पटेलको रहेको प्रहरीले जनाएको छ ।

हरिहरपुर स्थित रहेको गङ्गोल नदिको पुल मुनि युवकको शव फेला परेको इलाका प्रहरी कार्यालय पोखरियाकाा प्रमुख प्रहरी निरीक्षक मछेन्द्र केसिले वताए । शनिबार विहान ६ बजे स्थानियले शव देखे पछि प्रहरिलाई खबर गरेको थियो । त्यस पछि घट्ना स्थल पुगेको प्रहरीले शवको पोस्टमार्टमको लागि नारायणी अस्पताल वीरगंज पठाएको छ ।

मृतकका बुवाका अनुसार उनी जन्ती जदै छु घरमा भनी निस्केका थिए । ना. ३४ प. ९००० नम्बरको स्पेलेन्डर मोटरसाइकलमा सवार भुवनको मोटरसाइकल लडेर मृत्यु भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धान छ ।

यश भन्दा पहिला पनि त्यहि पुल नीर यस्तो घटना भएको रहेछ त्यसैले त्यस्तो भएको हुन सक्छ तर अहिले केही भन प्रहरी निरीक्षक केसिले वताए । शव फेला परेकाे स्थल हरिहरपुर नजिकै को गाउँ कालिकामाई गाउँपालिकाको वडा न. ५, बिरन्चिबर्वामा शुक्रबार राती जन्ती पनि आएको केसिले जानकारी गराए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

दसैँ–तिहारमा चिनी अभाव हुन नदिन सरकारको तयारी

काठमाडौँ । दसैँ, तिहारलगायतका चाडपर्वमा चिनीको अभाव हुन नदिन खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चिनीको मौज्दात व्यवस्थापन गरेको छ। कम्पनीसँग हाल झन्डै २२...

चार हजार ९९९ मै टेलिकमको फाइबर इन्टरनेट

काठमाडौँ । सरकारी स्वामित्वको नेपाल टेलिकमले आजदेखि चार हजार ९९९ मै ३० एमबिपिएसको इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ । निजी क्षेत्रका इन्टरनेट सेवा प्रदायकले...

चाडपर्वमा खाद्य स्वच्छता कायम गर्न व्यवसायीलाई विभागको निर्देशन

काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दसैँ, तिहार र छठलगायतका चाडपर्वलाई लक्षित गर्दै होटल, रेष्टुरेन्ट, मिठाइ पसल तथा भोजनालय सञ्चालकलाई खाद्य स्वच्छता...