Date
सोम, भदौ २९, २०८३
Mon, September 14, 2026

एनिमेटरहरुको लागि संचालित तेस्रो मोडल तालिम सम्पन्न

spot_img
spot_img
वीरगंज, १३ माघ ।
किशोरी सशक्तीकरणको लागि किशोरी सम्बाद कार्र्यक्रम अन्तर्गतका एनिमेटरहरुको लागि वीरगंजमा संचालित तेस्रो मोडल तालिम आइतबार सम्पन्न भएको छ । बिहिबार देखी विजय ज्योति होटल वीरगंजमा सुरु भएको ४ दिने तालिम सम्पन्न भएको हो ।
तालिमका सहभागि एनिमेटरहरुलाई प्रशिक्षक भिम कुमार राई, पुर्जा बर्मा र प्रकाश पाण्डेले प्रशिक्षण दिएका थिए । युरोपियन युनियनको सहयोगमा संरक्षण नेपाल र चाइलड नेपालको सहकार्यमा नेपाल ग्रामिण पुर्ननिर्माण संस्था (आर.आर.एन) ले तालिमको आयोजना गरेको थियो ।
किशोरी सम्वाद कार्यक्रम व्यवस्थापक भानु पराजुलीको अध्यक्षतामा र बाराको फेटा गाउँपालिकाकी उपाध्यक्ष कमरुन खातुनको प्रमुख आतिथ्यतामा तालिमको समापन समाहरोह भएको थियो । तालिमकाे उद्घाटन बिहिबार वीरगंज महानगरपालिकाकी उप मेयर शान्ति कार्कीले गरेकी थिइन ।
तालिममा एनिमेटरहरुलाई समूह गठन, बचत, ऋण, आयआर्जन, ब्यवसाय सम्बन्धि अधारभुत जानकारी, स्थानिय स्तरमा गर्न सकिने ब्यवसाय लगायतको विषयहरुमा प्रशिक्षण दिईएको कार्यक्रमका सुपरभाइजर सुनेशवर साहले वताए ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

मधेशमा ७७४ अस्थायी स्वास्थ्यकर्मीको कामकाजमा रोक

राजविराज । मधेश प्रदेशका स्वास्थ्य संस्थामा अस्थायी दरबन्दीमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कामकाजमा नखटाउन तथा हाजिर नगराउन प्रदेश सरकारले निर्देशन दिएको छ। मधेश प्रदेश...

उपनेश चौरसिया तरुण दल पर्साको उपाध्यक्षमा नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्सा जिल्ला कार्यसमितिको उपाध्यक्षमा उपनेश कुमार चौरसिया नियुक्त भएका छन्। नेपाल तरुण दल पर्साका जिल्ला अध्यक्ष बालमीकी यादवले जिल्ला कार्यसमितिलाई...

सुधीर पटेलको नेतृत्वमा धादिङका बाढीपीडितलाई १५ लाखको राहत सामग्री वितरण

वीरगंज । जेन–जी पर्सा तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा नेता सुधीर पटेलले धादिङको गजुरी गाउँपालिकाका बाढीपीडित परिवारलाई करिब १५ लाख रुपैयाँ बराबरको...