Date
मङ्ल, भदौ ३०, २०८३
Tue, September 15, 2026

धान भित्र लुकाई छिपाई ल्यारहेको अवस्थामा ५० लाख भन्दा बढीको कपडा पक्राउ

spot_img
spot_img

वीरगंज, १३ माघ ।
सशस्त्र प्रहरीका डि.आई.जी. प्रबिन कुमार श्रेष्ठ नेतृत्वको छडके टोलीले वीरगंज महानगरपालिकाको अलौंबाट भारी परिमाणमा कपडा पक्राउ गरेको छ । ट्याक्टरको टेलरमा धान लोड गरि त्यसको भित्र राखी ल्याई रहेको अबैध कपडा वीरगंज पोखरिया सडकखण्डमा पर्ने अलौंबाट पक्राउ गरिएको सशस्त्र प्रहरी रुद्रवाहनी पथलैयाका डि.आई.जी. श्रेष्ठले वताए ।

बिशेष सुराकीको आधारमा धान लोड गरिएको टेलर भित्र राखी ल्यारहेको भन्सार छलीको ५० पोका कपडा बरामद गरिएको डि.आई.जि. श्रेष्ठले जानकारी गराए । सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट अलौं भन्दा १०० मिटर अगाडीबाट पोखरीबाट वीरगंज तर्फ आईरहेको ट्याक्टर चेकजांच गर्दा अवैध धान लोड गरिएको टेलर भित्र बरामद भए पछि नियन्त्रण लिइएको श्रेष्ठले जानकारी गराए ।

धान भित्र बरामद भएको कपडाको मुल्य रु ५० लाख भन्दा बढी रहेको अनुमान गरिएको छ । पर्साको छिपरमाई गाउँपालिकाको वडा नं. १, मिर्जापुरबाट वीरगंज तर्फ आईरहेको ना. २ त. १६४८ नम्बर स्वराज ट्रेक्टर सहित अबैध कपडा र ट्रेक्टर चालकलाई समेत पक्राउ गरिएको सशस्त्र प्रहरीले जनाएको छ । पक्राउ परेका चालक पर्सा छिपहरमाई गाउँपालिका वडा नं. १, मिर्जापुर निवासी सोनालाल राउत कुर्मी रहेका छन ।

पक्राउ परेको कपडा र ट्रेक्टर छिपहरमाई गाउँपालिका वडा नं. १, मिर्जापुरका पन्नालाल साहको रहेको प्रहरीले जनाएको छ । पर्साको ग्रामिण नाकाबाट भित्रयाईएको अबैध कपडा पहिला ट्रेक्टरको टेलरमा लोड गरि त्यस माथी धानको बोरा लोड गरी नयाँ तरिकाबाट लुकाई छिपाई ल्यारहेको अवस्थामा पक्राउ परेको हो ।

यसरी धान भित्र भारी परिमाणमा कपडा बरामद भए पछि दिनहु जसो भारतबाट नेपाल भित्रिने गरेको धान भित्र पनि तस्करी भइरहेको अनुमान गरिएको छ । प्रहरी कै मिलोमतोमा भारतबाट धान तस्करी दिनहु हुने गरेको छ । पक्राउ परेको अवैध कपडाको बिषयमा थप अनुसन्धान भइरहेको सशस्त्र प्रहरीका डि.आ.जी. श्रेष्ठले वताएका छन ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

प्रयोगात्मक शिक्षाका लागि सरकारी विद्यालयमा आधुनिक प्रयोगशाला बनाउन विशेष साहको प्रस्ताव

काठमाडौं । जेन जि पर्साका संयोजक विशेष साहले विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनसँग भेट गरी सरकारी विद्यालय तथा कलेजहरूमा प्रयोगात्मक शिक्षालाई प्रभावकारी बनाउन...

बाल दिवसकाे अवसरमा कालिकामाईमा सांस्कृतिक कार्यक्रम तथा वक्तृत्वकला प्रतियोगिता

वीरगंज । पर्साको कालिकामाई गाउँपालिका–२ भेडिहारीस्थित श्री कालिका एकेडेमी बोर्डिङ स्कुलमा बाल दिवसको अवसरमा सांस्कृतिक कार्यक्रम तथा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । विद्यालय परिसरमा...

असोज ११ गते वीरगन्जमा नेकपा पर्साको जिल्ला समायोजन, प्रचण्ड–नेपाल सहभागी हुने

वीरगंज । असोज ११ गते वीरगंजमा हुने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पर्साको जिल्ला समायोजन, सपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रमलाई भव्य र व्यवस्थित रूपमा सम्पन्न...