Date
शनि, कार्तिक १५, २०८३
Sat, October 31, 2026

वीरगंजमा प्रदेश दुइकै पहिलो डाइटिशियन क्लिनिक संचालनमा

spot_img
spot_img

दिपेन्द्र यादव/वीरगंज । वीरगंंजमा प्रदेश नम्बर दुईकै पहिलो डाइट क्लिनिक संचालनमा आएको छ । विर्ता स्थित शान्तिपोलिक्लिनिकले डाइट क्लिनिक संचालनमा ल्याएको हो ।

वीरगंजमा डाइट क्लिनिकको अभावमा संतुलित र पौष्टिक आहारका बारेमा जानकारी पाउन कठिन भएकाले आफुहरुले यस्तो क्लिनिक संचालनमा ल्याएको शान्ति पोलिक्लिनिकका संचालक प्रमोद सर्राफले बताउनु भयो ।

क्लिनिकमा नारायणी उपक्षेत्रीय अस्पताल वीरगंजकी डाइटिशियन निशा सिंहले डाइट सम्बन्धी आवश्यक सल्लाह तथा परामर्श दिनुहुने छ ।

विरगंजमा नारायणी उपक्षेत्रीय अस्पतालमा यो सेवा रहे पनि निजि क्षेत्रमा भने पहिलो पटक संचालनमा ल्याइएको हो ।
शुक्रबारदेखि संचालनमा आएको क्लिनिकको वीरगंजका वरिष्ठ फिजिशियन डा. गोपाल प्रसाद गजुरेलले औपचारिक कार्यक्रमकाबिच उदघाटन गर्नु भएको हो।

स्वास्थ्य जीवनशैलीका लागि डाइट बारे जानकारी हुनु अनिवार्य रहरकाले यस सम्बन्धि जानकारि लिन आउनेहरुको संख्या समेत उल्लेख्य रहेको डाइटिसियन सिंहले बताउनु भयो ।

विशेषगरी मिर्गौलाको डाइलासिस गरिरहेका बिरामी, मुटु तथा मधुमेहका बिरामी, कुपोषणमा परेका बालबालिका तथा गर्भवती महिलाका लागि डाइट अर्थात सन्तुलित भोजनका बारेमा जानकारी हुनु अती आवश्यक रहेको उहाँले बताउनु भयो ।

व्यायामले मात्रै शरिर फिट राख्ने नभइ त्यसका लागि संतिलित आहार महत्वपुर्ण रहेको डाइटिशियन सिंहले बताउनु भयो ।
सिंहले विश्वविद्यालयबाट डाइटिसियन सम्बन्धी ३ वर्षे ग्राजुएसन कोर्स गर्नुभएको छ ।

अहिले नारायणी उपक्षेत्रीय अस्पतालमा कार्रत सिंहले त्यस अघि दिल्लीमा रहेको म्याक्स सुपर स्पेसालिटी हस्पिटलमा केही समय सेवा समेत गर्नुभएको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

नेपाल प्रेसको कार्यालयमै छिरेर पत्रकार सुवेदी पक्राउ, पक्राउ पुर्जीबिनै प्रहरीको धरपकड

काठमाडौं । प्रहरीले काठमाडौंस्थित नेपाल प्रेसको कार्यालयभित्रै प्रवेश गरेर पत्रकार विश्वमणि सुवेदीलाई नियन्त्रणमा लिएको छ । सादा पोशाकमा आएका प्रहरीले समाचार कक्षमै कार्यरत रहेका...

छठअघि सिर्सिया नदी सफा राख्न उद्योग विभागको निर्देशन

वीरगञ्ज । उद्योग विभागले प्रशोधन नगरी वा निर्धारित वातावरणीय मापदण्डविपरीतको फोहोर पानी नदी तथा खोलामा सिधै विसर्जन नगर्न देशभरका उद्योगहरूलाई निर्देशन दिएको छ। विशेषगरी वीरगञ्ज–पथलैया...

मधेस प्रदेशमा अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण हुने

जनकपुरधाम । मधेस प्रदेश सरकारले सरकारी निकायहरूको आर्थिक कारोबारमा वित्तीय अनुशासन र पारदर्शिता कायम गर्ने उद्देश्यले अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण गर्ने भएको छ। चालू...