Date
मङ्ल, अशोज २०, २०८३
Tue, October 6, 2026

नहरको पानीले गहु र मसुरो बाली नस्ट हुनुको साथै बाटो हिलो मै

spot_img
spot_img

पर्सा, २८ पुस।

नारयाणी सिचाई डिभिजन नम्बर ५ को ब्लाक नम्बर २ अन्तर्गतका बिएससी ४ र ५ मा अत्यधिक मात्रामा पानी छोडदा एक दर्जन भन्दा बढी कृषकहरुको ५ बिगहा भन्दा बढी मसुरो र गेहु वाली नष्ट भएको छ । नहरमा अत्यधिक मात्रामा पानी छोडिदा कालिकामाई गाउँपालिकाको वडा नम्बर २ भेडिहारीका अच्छेलाल साह, राअज्ञा चौरसिया, मुक्ती चौरसिया, रामबालक चौरसिया, भरत तुरहा लगायत दर्जनौ कृषकहरुको बाली नष्ट भएको हो ।

यसै गरी पकहामैनपुर गाउँपालिकाको वडा नमबर ४ लहारवथकरीमा पनि कृषकहरुको वाली नष्ट गरेको सोही वडा निवासी शम्भु यादवले बताए । पानी ओभर भई नहरको माथिल्लो भाग भई खेतमा पस्नाले मसुरो र गेहु वाली नष्ट भएको कालिकामाई गाउँपालिका वडा नम्बर २ का कृषक राअज्ञा प्रसाद चौरसियाले बताए ।

पानीले नहरको किनारको भाग फुटाए पछि नहरमा आउनेजाने बाटो पनि हिलो भई अवरुद्ध भएको छ । कार्तिक र मंसिरमा महिनामा लगाइएको गेहु वाली र मसुरो वालीलाई कम मात्रामा मात्रै पानी चाहिने भएकोले अत्यधिक पानी हुदा नष्ट भएको कृषकहरु बताएका छन ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगंजमा कार्बन लाभ बाँडफाँट तथा लगानी योजना तयारीसम्बन्धी तालिम सम्पन्न

वीरगंज । कार्बन लाभ बाँडफाँट तथा लगानी योजना तयारीसम्बन्धी एकदिने तालिम सोमबार वीरगंजमा सम्पन्न भएको छ । सामुदायिक वन उपभोक्ता तथा सम्बन्धित सरोकारवालालाई कार्बन...

सवारी दुर्घटनामा एकको मृत्यु, १० जना घाइते

चितवन । चितवनको कालिका नगरपालिका–५ स्थित वडा कार्यालय चोकमा ट्याक्टर र बलेरो आपसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ भने १० जना घाइते भएका...

आजपाको केन्द्रीय बैठक : अन्तरिम संविधान र सरकारको मागसहित जनआन्दोलन अघि बढाउने निर्णय

काठमाडौं । आम जनता पार्टी (आजपा)ले मुलुकमा देखिएको राजनीतिक संकटको निकासका लागि अन्तरिम संविधानसहित अन्तरिम सरकार गठनको पहल गर्ने निर्णय गरेको छ । पार्टी...