Date
सोम, अशोज २६, २०८३
Mon, October 12, 2026

द हेल्पेज नेपाल नामक गैर सरकारी संस्थाको समुद्धघाटन

spot_img
spot_img

वीरगंज, २१ पुस ।
द हेल्पेज नेपाल नामक गैर सरकारी संस्थाको आज समुद्धघाटन गरिएको छ । वीरगंज महानगरपालिकाको वडा नं. १३, राधेमाईमा एक समाहरोहका बिच संस्थाको समुद्धघाटन गरिएको हो । राधेमाई मन्दिरको सभाहलमा भएको समाहरोहमा वीरगंज महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत  डा. भिष्म कुमार भुषालले दिप प्रज्वलीत गरि संस्थाको समुद्धघाटन गरे ।

उदघाटन समाहरोहलाई सम्बोद्धन गर्दै प्रमुख प्रशासकिय अधिकृत भुषालले संस्थालाई सुभकामना दिदै गैर सरकारी संस्थाहरु संग हातेमालो गरी महानगरपालिका अगाडी बढन तयार रहेको वताए । वीरगंजलाई समृद्ध बनाउन हातोमाले गरी अगाडी बढनु पर्ने भुषालले जोड दिए । कार्यक्रमको प्रमुख अतिथी समेत रहेका भुषालले संस्था चलाउन सजिलो नभएको वताउदै उर्जावान भएर अगाडी बढे सफल हुने वताए ।

dipen yadav-kalikatimesकार्यक्रमका बिशिष्ट अतिथी पोखरिया नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत धर्मराज थापाले फलामको चिउरा चपाउने जस्तो संस्था चलाउने कुरा भएको वताए । समयको व्यवस्थापन गर्दै साहसका साथ अगाडी बढे सफल हुने थापाको भनाई थियो । उनले नितिगत निर्णय गरी अगाडी बढनु पर्नेमा जोड दिए ।

संस्थाका अध्यक्ष अनिल यादवको अध्यक्षतामा भएको कार्यक्रममा समाजिक संस्था जिल्ला समन्वय समिति, पर्साका अध्यक्ष इब्राहिम देवान, शिक्षिका शशिलत्ता गिरी, लियो क्लब अफ वीरगंजकी उपाध्यक्ष अंजली गर्ग, पत्रकारद्वय तिवारी यादव, शम्भु कुमार सुमन, विद्धार्थी नेता इशक कुमार, मित्रदेव यादव, विन्दवासिनी गाउँपालिका समाजिक बिकास शाखाका रतेन्द्र कुमार दास, मानव सेवा आश्रम वीरगंजका संयोजक दिवेश गुप्ता, रिषव अग्रवाल, अपसना खातुन, संजु चौधरी, जितेन्द्र गुप्ता, प्रदिप पटेल लगायतकाले सुभकामना मन्तव्य राखेका थिए ।

helpaje-kalikatimesसंस्थाका उपाध्यक्ष दिपेन्द्र यादवले कार्यक्रमको संचालन गरेका थिए भने स्वागत मन्तव्य संस्थाकी सह सचिव विन्दु यादवले गरेकी थिइन । संस्थाको बारे प्रस्तुती संस्थाका सचिव दयानन्द साहले गरेका थिए । कार्यक्रममा संस्थाका सधारण सदस्यहरुलाई सदस्यता प्रमाण पत्र समेत वितरण गरिएको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

गाउँगाउँमा सामूहिक नवरात्र व्रत गर्नेको संख्या बढ्दै

वीरगंज । पर्सा र बाराका गाउँगाउँमा सामूहिक रूपमा नवरात्र व्रत तथा पूजा गर्ने भक्तजनको संख्या बढ्दै गएको छ । पछिल्ला केही वर्षयता गाउँमा सामूहिक...

गहवामाई चुनरी यात्रा भव्य रुपमा सम्पन्न

वीरगञ्ज । विश्व हिन्दू परिषद् नेपालको आयोजनामा यस वर्ष पनि वीरगंजमा गहवामाई चुनरी यात्रा भव्य रूपमा सम्पन्न भएको छ । बडादशैंको पहिलो दिन घटस्थापनाको...

नारायणी वाङ्गमय प्रतिष्ठानको अध्यक्षमा महेशचन्द्र गौतम

वीरगंज । नारायणी वाङ्गमय प्रतिष्ठानको नयाँ अध्यक्षमा महेशचन्द्र गौतम सर्वसम्मत चयन भएका छन् । प्रतिष्ठानको वार्षिक साधारण सभाले सचिवको जिम्मेवारीमा रहेका गौतमलाई अध्यक्षमा चयन...