Date
आइत, असार १, २०८२
Sun, June 15, 2025

स्थानिय तह प्रदेश मातहत हुनु पर्छ : उपेन्द्र यादव

वीरगंज, १५ पुस ।
केन्द्रले कानुन वनाएर प्रदेश सरकारलाई अधिकार सम्पन्न बनाउनु पर्छ भन्ने सहमती भएको संघिय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले वताएका छन । नेपालको भविषय नै संघिय प्रणालीमा निहित रहेको वताउदै यादवले यसलाई जति सफल बनाईन्छ त्यति नेपाल बलियो भएर जाने वताए ।

- Advertisement -

त्यसको लागि संविधान संसोधन जरुरी रहेको यादवले वताए । वीरगंजको भिस्वा होटलमा आयोजित पत्रकार सम्मेलनमा वोल्दै उप प्रधान मन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री समेत रहेका अध्यक्ष यादवले प्रदेश सरकार मातहत स्थानिय तहलाई लैजानु पर्ने वताए ।

प्रदेश सरकारले निति बनाउने तर लागु गर्ने कहां ? त्यसलो लागि ईकाइ कहाँ त उसले कहाँ काम गर्ने त्यसको लागि नै प्रदेश सरकार मातहत स्थानिय तह हुनु पर्ने यादवको भनाई थियो । स्थानिय निकाय प्रादेशिक क्षेत्रा अधिकार भित्र पर्ने र प्रदेशलाई प्रादेशिक मामिलाको विषयहरुमा अधिकार सम्पन्न बनाउनु पर्ने वताए ।

प्रदेशको केन्द्र माथीको परनिर्वहतालाई कम गर्दै आत्म निर्भर बनाउनु पर्ने भादवको धारणा थियो । अहिले स्वास्थ्य निति नै खराब रहेको बताउदै यादवले स्वास्थय अवस्था सुधारको लागि नयाँ स्वास्थ्य निति बनाउनु पर्ने वताए । अधारभुत स्वास्थ्य सेवा निशुल्क दिनु पर्ने र त्यसको लागि नयाँ निति बनाउने तयारीमा आफु रहेको वताए ।

उनले नरायणी उपक्षेत्रिय अस्पताललाई टरसरी अस्पताल अस्पताल बनाइने र जनकपुरमा प्रदेश स्तरको अस्पताल बनाइने वताए । संघिय समाजवादी फोरम नेपाल, पर्साका अध्यक्ष एवं निर्वाचन क्षेत्र नं. १ का सांसद प्रदिप यादवको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा प्रदेश नं. २ का मुख्य मन्त्री लालबाबु राउत गद्दीको समेत उपस्थिती रहेको थियो ।

ताजा अपडेट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगंज बसपार्कमा डिबिएस अटो वर्कसप र कार क्याफे संचालनमा

वीरगंज । वीरगंज महानगरपालिका वडा नम्बर १६ स्थित नयाँ बसपार्कमा डिबिएस अटो वर्कसप शनिबारदेखि संचालनमा आएको छ । वीरगन्जका चारजना युवाहरुको संयुक्त लगानीमा आएको...

वीरगञ्ज अठराहामा “पार्क उद्घाटन भयो, तर पार्कै छैन

वीरगंज । वीरगंज महानगरपालिका वडा नम्बर २६ अठराहा स्थित श्रीराम जानकी मन्दिर परिसरमा चिल्ड्रेन पार्क नबन्दै आर्थिक अनियमितता भएको पाएको छ । गत आर्थिक बर्ष...

जगरनाथपुर गाउँपालिकामा पनि असार १ देखि ६ गतेसम्म थप गर्मी विदा

वीरगंज । पर्साको जगरनाथपुर गाउँपालिकाले बढ्दो गर्मीका कारण विद्यालयमा अध्ययनरत बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई मध्यनजर गर्दै थप गर्मी विदा दिएको छ। गाउँपालिका अध्यक्षको...