Date
शनि, कार्तिक २२, २०८२
Sat, November 8, 2025

कालिकामाईको गाउँ सभा अझै हुन सकेन

वीरगंज, २२ मंसिर ।
कालिकामाई गाउँपालिकाको यस बर्षको गाउँ सभा अझै हुन सकेको छैन । गाउँ सभा नहुदा आर्थिक बर्ष २०७५/०७६ को बजेट, निति तथा कार्यक्रम तय हुन सकेको छैन । वजेट, निति तथा कार्यक्रम तय नहुदा गाउँपालिकाको विकास निर्माणको काम प्रभावित भएको छ ।

- Advertisement -

पर्साको १४ स्थानिय तह मध्य १३ वटा स्थानिय तहको दोस्रो गाउँ सभा सम्पन्न भई विकास निर्माणको काम पनि सुरु भए पनि कालिकामाई गाउँपालिकाको गाउँ सभा नभए कारण कामकाज सुरु हुन सकेको छैन । संघिय मामिला तथा समान्य प्रशासन मन्त्रालयले असार २५ गते सम्म गाउँ सभा सम्पन्न गर्न सबै स्थानिय तहलाई पत्रचार समेत गरेको थियो ।

वीरगंज महानगरपालिका, छिपहरमाई गाउँपालिकाले मात्र असार २५ गते भित्र दोस्रो गाउँ सभा गर्न सकेको थियो भने वाकी सबै स्थानिय तहले साउन देखी कात्तिक अन्तिम सम्म गाउँ सभा गरेका छन । तर आर्थिक बर्षको ५ महिना सक्न लाग्दा पनि कालिकामाईका जनप्रतिनिधिहरुले अझै सम्म गाउँ सभा गर्न सकेका छैन ।

जनप्रतिनिधिहरु विच बजेट वांडफाडको कुरा मिलन नसकेर र प्रमुख प्रशासकिय अधिकृतको सरुवा भएका कारण गाउँ सभा हुन नसकेको स्थानियहरुले वताएका छन ।

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

जनमत पार्टीद्वारा ‘घर–घर जनसन्देश’ अभियान सुरु, मतदाता दर्ता र सचेत सहभागितामा जोड

वीरगंज । लोकतन्त्रको महापर्व आगामी निर्वाचनलाई लक्षित गर्दै जनमत पार्टीले मतदाता दर्ता अभियानलाई गाउँ–गाउँ र टोल–टोलसम्म पुर्‍याउने उद्देश्यका साथ ‘घर–घर जनसन्देश’ अभियान सुरु गरेको...

आर्थिक समृद्धिका लागि सरकार निजी क्षेत्रसँग सहकार्यमा अघि बढ्दैछ : अर्थमन्त्री खनाल

वीरगंज । अर्थमन्त्री रामेश्वर खनालले आर्थिक समृद्धि हासिल गर्न सरकार निजी क्षेत्रसँग सहकार्यका लागि अग्रसर रहेको बताएका छन्। शुक्रबार वीरगंज उद्योग वाणिज्य संघमा आयोजित...

बीरगंजमा पोखरीमा डुबेर १२ वर्षीय बालकको मृत्यु

वीरगंज । वीरगंज महानगरपालिका–२८ सिधुवाटोलस्थित छठिघाट नजिकको पोखरीमा डुबेर एक १२ वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु भएको बालकको शव सशस्त्र प्रहरीले उद्धार...