Date
मङ्ल, भदौ ३०, २०८३
Tue, September 15, 2026

धोरे मेलामा विशाल कुस्ती प्रतियोगिता सम्पन्न, नेपालका नरेश गिरि उत्कृष्ट

spot_img
spot_img

वीरगंज, २८ कात्तिक ।
पर्साको धोरेमा आज विशाल कुस्ती प्रतियोगिता सम्पन्न भएको छ । पकहा मैनपुर गाउँपालिकाको वडा नं. १, धोरेमा छ्ठ पर्वको अवसरमा लागेको मेलामा कुस्ती प्रतियोगिता सम्पन्न भएको हो ।

कुस्ती प्रतियोगितामा नेपालका नरेश गिरि उत्कृष्ट भएका छ्न । भारत बलिया जिल्लाका चिता पहलवानलाई हराउँदै उत्कृष्ट भएका हुन । महिला तर्फ भारत लखनउकी अंजली कुमारीले भारत गोरखपुरकी कै जोति कुमारीलाई हराउँदै महिला तर्फ उत्कृष्ट भएकी छिन ।

सयौं बर्ष देखि छठ पर्वको भोलि पल्ट प्रत्यक बर्ष आयोजना हुँदै आएको विशाल कुस्ती धोरे मेला आज साझ औपचारिक रुपमा सम्पन्न भएको हो । मेलामा भारत बनारस, हरियाणा, पंजाब, लखनउ, बलिया, दिल्ली, गोरखपुर, गाजिपुर, बेतियाको र नेपालको काठमाडौ, नवलपरासी, बारा, पर्सा, रौतहट लगायत स्थानिय नाम चलेका महिला तथा पुरुष पहलवानहरुको सहभागिता रहेको थियो ।

मेलालाई एक कार्यक्रमका बिच मेला समितिका अध्यक्ष स्थानिय समाज सेबि सुरेश मेहताले मुख्य चार जना पहलवानहरुलाई टाउकोमा गमछाले पगरी बान्धी मेलाको उधघाटन गर्नु भएको थियो । कुस्ती प्रतियोगितामा मेलाका अतिथी नेकपाका युवा नेता राजकुमार गुप्ता, नेशनल मेडिकल क्लेज वीरगंजका एमडी बसरुदिन अनसारी, पकहा मैनपुर गाउँपालिकाका अध्यक्ष बिजय चौरसिया, वडा अध्यक्ष अमबिका सहनी लगायतकाले पहलवानहरुलाई हातमिलाई उत्साह जगाएका थिए ।

मेलामा नेपाल र भारतका हजारौं दर्शकहरुको भिड रहेको थियो । मेलाको भिड्लाई नियन्तृत र स्यमित बनाउन सुरक्षाकर्मिहरुलाई हम्मेहम्मे परेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

धनुषाको हंसपुरमा ३६५ परिवारलाई जग्गाधनी पुर्जा वितरण

जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आएपनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर नगरपालिका–५, साविक सुगा निकास गाविस–३ का ३६५ परिवारलाई जग्गाधनी प्रमाणपुर्जा...

सहयोगको बहानामा रकम उठाउनेमाथि निगरानी र कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयमार्फत नागरिकलाई सहज, सरल र प्रभावकारी सेवा उपलब्ध गराउन पाँच बुँदे निर्देशन जारी गरेको छ। मन्त्रालयका सहसचिव आनन्द काफ्लेद्वारा...

भोटेकोशी बाढीः एक हजार ३९५ शव फेला

काठमाडौँ । भोटेकोशी बाढीमा परी हालसम्म एक हजार ३९५ जनाको शव फेलापरेको छ भने पाँच हजार १३० जना अझै सम्पर्कविहीन छन् । राष्ट्रिय विपद् जोखिम...