Date
शनि, कार्तिक १५, २०८३
Sat, October 31, 2026

जगरनाथपुरको दोस्रो गाउँ सभा सम्पन्न, ३९ करोड बराबरको बजेट तथा कार्यक्रम तय

spot_img
spot_img

पर्सा, १९ कात्तिक ।
जगरनाथपुर गाउँपालिकाको दोस्रो गाउँ सभा सम्पन्न भएको छ । गाउँपालिकाका अध्यक्ष जालिम मियाँको अध्यक्षतामा भएका गाउँ सभाले आ.व. २०७५/०७६ को अनुमानित जम्मा आय ३८ करोड ९१ लाख २७ हजार बराबरको बजेट तथा कार्यक्रम तय गरेको छ । जस मध्य सर्शत तर्फ ११ करोड ९ हजार, पुजिगत तर्फ १७ करोड रहेको प्रमुख प्रशासकिय अधिकृत राज कुशवाहाले वताए । यस्तै शिक्षा तर्फ ५० लाख, समाजिक तथा आर्थिक विकास तर्फ १ करोड ३८ लाख, विपत व्यस्थापन तर्फ ५० लाख, स्वास्थ्य तर्फ ५० लाख बजेट छुट्टयाइएको अधिकृत कुशवाहाले जानकारी गराए ।

यस बर्ष मुख्य गरी दसवता गाउँको छेउमा रहेको नदिमा तटबन्ध निर्माण, गाउँपालिकाको आन्तिरिक आम्दनी बढाउन स्टाभेटर खरिद, दलित समुदायको बस्तीमा सोलार जडान, सामुदायिक भवन निर्माण, गाउँपालिका तथा वडा कार्यालयहरुमा इन्टरनेट जडान, सिचाईमा सहजताको लागि कृषकहरुलाई पम्पीसेट तथा टियुबेल वितरण लगायतको कार्यक्रम तय गरीएको गाउँपालिका अध्यक्ष जालिम मियाँले वताए ।

यस्तै श्री ने.रा. मा.वि. मसिहानीलाई १० प्लस २ बनाइने र गाउँपालिका अन्तर्गतका सम्पूर्ण विद्यालयहरु फर्निचरको व्यवस्था गरिने योजना रहेको अध्यक्ष मियाँले जानकारी गराए । गाउँ कार्यपालिकाको कार्यालय जगरनाथपुरमा भएको गाउँ सभामा गाउँपालिकाकी उपाध्यक्ष बिस्मिल्लाह खातुनले आ.व. २०७५/०७६ को पारित बजेट तथा कार्यक्रम प्रस्तुत गरेकी थिन । आइतबार सांझ अबेर सम्म सम्पन्न गाउँ सभामा गाउँ सभाका सम्पूर्ण सदस्यहरुको सहभागिता रहेको र सर्व सहम्मत गाउँ सभा सम्पन्न भएको वताइएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

नेपाल प्रेसको कार्यालयमै छिरेर पत्रकार सुवेदी पक्राउ, पक्राउ पुर्जीबिनै प्रहरीको धरपकड

काठमाडौं । प्रहरीले काठमाडौंस्थित नेपाल प्रेसको कार्यालयभित्रै प्रवेश गरेर पत्रकार विश्वमणि सुवेदीलाई नियन्त्रणमा लिएको छ । सादा पोशाकमा आएका प्रहरीले समाचार कक्षमै कार्यरत रहेका...

छठअघि सिर्सिया नदी सफा राख्न उद्योग विभागको निर्देशन

वीरगञ्ज । उद्योग विभागले प्रशोधन नगरी वा निर्धारित वातावरणीय मापदण्डविपरीतको फोहोर पानी नदी तथा खोलामा सिधै विसर्जन नगर्न देशभरका उद्योगहरूलाई निर्देशन दिएको छ। विशेषगरी वीरगञ्ज–पथलैया...

मधेस प्रदेशमा अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण हुने

जनकपुरधाम । मधेस प्रदेश सरकारले सरकारी निकायहरूको आर्थिक कारोबारमा वित्तीय अनुशासन र पारदर्शिता कायम गर्ने उद्देश्यले अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण गर्ने भएको छ। चालू...