Date
आइत, असार १, २०८२
Sun, June 15, 2025

डाक्टर गिरीको उपचारबाट बालकले पाए पुनर्जीवन

कात्तिक, ११ वीरगंज ।
वीरगंजमा रहेको नारायणी उपक्षेत्रीय अस्पतालमा गुणस्तरीय उपचार सेवा नभएपछि निमुखा तथा गरिव विरामीलाई आर्थिक संकट र मानसीक तनाव झेल्नुपरेको घटना फेरी एक पटक सतहमा देखिएका छ ।
आर्थिक अवस्था भएको बारा प्रसौनि विर्ता निवासी शिवप्रसन दास र कुन्ती देवी दम्पत्तिले पहिलो सन्तानको रुपमा छोरा पाएपछि हर्षले विभोर भएका थिए । करीब एक साता अघि नारायणी उपक्षेत्रीय अस्पताल वीरगंजमा कुन्तीदेवीले छोरा जन्माईन । पहिलो पटक पिता बनेका शिवप्रसनले खुसीयालीमा मिठाई पनि वितरण गरे । तर उक्त खुसी धेरै समय रहन सकेन । नवजात शिशुलाई विभिन्न समस्याले एकैपटक गाँजेको देखियो । उनको उपचारमा संलग्न चिकित्सकले तुरुन्तै काठमाण्डौको कान्ती बाल अस्पतालमा लगेर उपचार गर्नुपर्ने अन्यथा शिशुको ज्यान जान सक्ने जानकारी गराए ।
उपचारमा संलग्न चिकित्सकको जवाफबाट सामान्य आर्थिक अवस्थाका शिवप्रसनलाई गम्भीर मानसिक तनाव थपियो । उनि आफ्नो भएको अलिकति जग्गा पनि बेचेर पहिलो सन्तानलाई बचाउने सोच गरे । त्यसैबेला कसैले उनलाई सुर्या अस्पतालमा उपचार गराउन सल्लाह दिए । अस्पतालको बारेमा केहि थाहा नपाएका शिवप्रसन काठमाण्डौमा भन्दा वीरगंजमा उपचार सस्तो पर्ने आशमा सुर्या अस्पतालमा पुगे र एनआईसीयुमा शिशुको भर्ना गराए । शिशुको भर्ना पश्चात् उनको भेट बाल रोग विशेषज्ञ डाक्टर कुशराज गिरी सँग भयो । बाल रोगको क्षेत्रमा ख्याती कमाएका डाक्टर कुशराजले शिशुको उपचार शुरु गरे ।
शिशुको विभिन्न आवश्यक चेकजाँचहरु गरीयो । शिशुलाई जन्मीएको भोलिपल्टैबाट १०५ डिग्रीको उच्च ज्वरो, पिसाब हुन नसकेको, आमाको दुध चुस्न नसकेको र अर्ध होसमा रहेको पाईएपछि डाक्टर गिरीले करीब एक साता लगाएर उनको सफल उपचार गरेका छन् । सुर्या अस्पतालमा भर्ना भएको आठाँै दिनमा शिशुलाई डिस्चार्ज गरी घर पठाईएको थियो । शिशुलाई सेप्टीक सेमिया विथ रेनल फेलुयर भएकोमा उनको सफल उपचार पछि घर पठाईएको डाक्टर गिरीले जानकारी दिनुभयो ।
वीरगंजका कुनै पनि अस्पताल र क्लीनिकले लिन नमानेको विरामीलाई बाल रोगको अनुभवी चिकित्सक डाक्टर गिरीको उपचारले गर्दा शिवप्रसनको पहिलो सन्तानको ज्यान जोगिएको छ भने उनको धेरथोर रहेको जग्गा पनि विक्रि हुनबाट बँचेको छ । नारायणी उपक्षेत्रीय अस्पतालमा एनआईसीयु हुँदाहुँदै पनि सहि चिकित्सकीय सेवा पाउन नसक्दा विरामी र उनका आफन्तले आर्थिक र मानसीक तनाव झेल्नुपरीरहेको छ भन्ने कुरा यस घटनाले पुनः एक पटक प्रमाणीत गरेको छ ।

ताजा अपडेट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगंज बसपार्कमा डिबिएस अटो वर्कसप र कार क्याफे संचालनमा

वीरगंज । वीरगंज महानगरपालिका वडा नम्बर १६ स्थित नयाँ बसपार्कमा डिबिएस अटो वर्कसप शनिबारदेखि संचालनमा आएको छ । वीरगन्जका चारजना युवाहरुको संयुक्त लगानीमा आएको...

वीरगञ्ज अठराहामा “पार्क उद्घाटन भयो, तर पार्कै छैन

वीरगंज । वीरगंज महानगरपालिका वडा नम्बर २६ अठराहा स्थित श्रीराम जानकी मन्दिर परिसरमा चिल्ड्रेन पार्क नबन्दै आर्थिक अनियमितता भएको पाएको छ । गत आर्थिक बर्ष...

जगरनाथपुर गाउँपालिकामा पनि असार १ देखि ६ गतेसम्म थप गर्मी विदा

वीरगंज । पर्साको जगरनाथपुर गाउँपालिकाले बढ्दो गर्मीका कारण विद्यालयमा अध्ययनरत बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई मध्यनजर गर्दै थप गर्मी विदा दिएको छ। गाउँपालिका अध्यक्षको...