Date
शुक्र, कार्तिक १४, २०८३
Fri, October 30, 2026

जिराभवानीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

spot_img
spot_img

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ ।

जिराभवानी गाउँपालिका–२, काठमाडौँ टोलका ७० वर्षीय नथुनी मिर्दाहा थारुको बाघको आक्रमणबाट मृत्यु भएको इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरीक्षक सम्मुनत अधिकारीले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार थारु बुधबार बिहान करिब १० बजे घरबाट घाँस काट्न भन्दै जंगलतर्फ गएका थिए। साँझ अबेरसम्म पनि घर नफर्किएपछि परिवारजन तथा आफन्तले उनको खोजी सुरु गरेका थिए ।

खोजीका क्रममा बिहीबार बिहान सब–डिभिजन वन कार्यालय, बसन्तपुरबाट करिब ५०० मिटरभित्रको जंगलमा थारुको शव फेला परेको प्रहरीले जनाएको छ। प्रारम्भिक विवरणअनुसार थारुमाथि बाघले आक्रमण गरेको र सोही क्रममा उनको मृत्यु भएको देखिएको प्रहरीले जनाएको छ ।

मृतक थारुको शव पोस्टमार्टमका लागि वीरगन्जस्थित नारायणी अस्पताल पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

नेपाल प्रेसको कार्यालयमै छिरेर पत्रकार सुवेदी पक्राउ, पक्राउ पुर्जीबिनै प्रहरीको धरपकड

काठमाडौं । प्रहरीले काठमाडौंस्थित नेपाल प्रेसको कार्यालयभित्रै प्रवेश गरेर पत्रकार विश्वमणि सुवेदीलाई नियन्त्रणमा लिएको छ । सादा पोशाकमा आएका प्रहरीले समाचार कक्षमै कार्यरत रहेका...

छठअघि सिर्सिया नदी सफा राख्न उद्योग विभागको निर्देशन

वीरगञ्ज । उद्योग विभागले प्रशोधन नगरी वा निर्धारित वातावरणीय मापदण्डविपरीतको फोहोर पानी नदी तथा खोलामा सिधै विसर्जन नगर्न देशभरका उद्योगहरूलाई निर्देशन दिएको छ। विशेषगरी वीरगञ्ज–पथलैया...

मधेस प्रदेशमा अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण हुने

जनकपुरधाम । मधेस प्रदेश सरकारले सरकारी निकायहरूको आर्थिक कारोबारमा वित्तीय अनुशासन र पारदर्शिता कायम गर्ने उद्देश्यले अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण गर्ने भएको छ। चालू...