Date
शुक्र, कार्तिक १४, २०८३
Fri, October 30, 2026

नेपाल भलिबल लिगः अन्नपूर्ण स्पाइकर किङ्ग्स फाइनलमा

spot_img
spot_img

काठमाडौँ । अन्नपूर्ण स्पाइकर किङ्ग्स एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल लिग ९एनभीएल० को फाइनलमा प्रवेश गरेको छ । अन्नपूर्ण १२ अङ्कको स्पष्ट अग्रतासहित शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको हो । लिगमा शीर्ष स्थानमा रहने टोली सोझै फाइनलमा पुग्ने प्रावधान छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आज भएको खेलमा अन्नपूर्णले सगरमाथा स्म्यासर्सलाई ३–१ को सेटमा पराजित ग¥यो । पहिलो सेटमा २१–२५ अङ्कले पछि परेको अन्नपूर्णले बाँकी सेटको नतिजा लगातार आफ्नो पक्षमा पा¥यो ।

अन्नपूर्णले दोश्रो सेट २५–२३, तेस्रो सेट २५–१४ र चौथो सेट २५–२० अङ्कले जित्यो । अन्नपूर्णका एन्ख एर्डेन जार्गाल्ट्सगोट ‘म्यान अफ दी म्याच’ घोषित भए ।

लिगमा अन्नपूर्णको यो लगातार चौथो जित हो । पहिलो खेलमा अन्नपूर्ण कर्णाली शिवराजसँग ३–१ सेटले पराजित भएको थियो । अन्नपूर्णले दोस्रो खेलमा काठमाडौँ रेड्सलाई ३–०, तेश्रोमा मधेस वारियर्सलाई ३–१ र खप्तड फाल्कन्सलाई ३–० सेटले हराएको थियो ।

सगरमाथा लगातार तेस्रो हारसँगै प्रतियोगिताबाट बाहिरिएको छ । अन्नपूर्णसँग पराजित हुनुअघि सगरमाथा कर्णालीसँग ३–२ तथा काठमाडौँ रेड्ससँग ३–० सेटले पराजित भएको थियो । दुई खेल जितेको सगरमाथाले मधेसलाई ३–१ र खप्तडलाई ३–० सेटले हराएको थियो ।

नेपाल भलिबल सङ्घको सहयोगमा केडिया ग्रुपद्वारा आयोजित प्रतियोगितामा छ पुरुष टोली सहभागी छन् । सहभागी टोलीले पहिला सिङ्गल राउन्ड रोविन लिगका आधारमा खेल्ने छन् । लिगमा शीर्ष स्थानमा रहने टोली फाइनलमा प्रवेश गर्ने छन् । शीर्ष दुई र तेस्रो स्थानमा रहने टोलीले फाइनल प्रवेशका लागि प्लेअफ खेल्ने छन् । विजेता टोलीले रु २० लाख नगद पुरस्कार प्राप्त गर्ने छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

छठअघि सिर्सिया नदी सफा राख्न उद्योग विभागको निर्देशन

वीरगञ्ज । उद्योग विभागले प्रशोधन नगरी वा निर्धारित वातावरणीय मापदण्डविपरीतको फोहोर पानी नदी तथा खोलामा सिधै विसर्जन नगर्न देशभरका उद्योगहरूलाई निर्देशन दिएको छ। विशेषगरी वीरगञ्ज–पथलैया...

मधेस प्रदेशमा अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण हुने

जनकपुरधाम । मधेस प्रदेश सरकारले सरकारी निकायहरूको आर्थिक कारोबारमा वित्तीय अनुशासन र पारदर्शिता कायम गर्ने उद्देश्यले अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण गर्ने भएको छ। चालू...

अमलेखगञ्जमा ट्यांकर, ईभी हाइस र मोटरसाइकल ठोक्किँदा १० जना घाइते

बारा। बाराको जितपुरसिमरा उपमहानगरपालिका–२१ स्थित अमलेखगञ्जमा डिजेल बोकेको ट्यांकर, ईभी हाइस र मोटरसाइकल एकआपसमा ठोक्किँदा १० जना घाइते भएका छन्। शुक्रबार दिउँसो करिब १२ बजे...