Date
शुक्र, कार्तिक १४, २०८३
Fri, October 30, 2026

खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने आरोपमा तीन पक्राउ

spot_img
spot_img

वीरगञ्ज । खसीको मासु भन्दै बाख्रीको मासु बिक्री गरेको आरोपमा प्रहरीले काठमाडौंमा तीनजनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारतको सीतामढी घर भई हाल काठमाडौंको रातोपुलमा बस्दै आएका २५ वर्षीय महमद इम्रान मन्सुरी, नुवाकोट घर भई सिफल बस्ने १८ वर्षीय अरुण कार्की र मकवानपुरको हेटौँडा घर भएका २१ वर्षीय सुजन रसाइली रहेका छन्।

प्रहरीका अनुसार उनीहरूले रातोपुल नजिकै ‘सफिक मासु पसल’ सञ्चालन गरी खसीको मासु भन्दै बाख्रीको मासु बिक्री गर्दै आएका थिए। उक्त मासु प्रतिकिलो १ हजार ८ सय रुपैयाँका दरले बिक्री गर्ने गरेको प्रहरीको भनाइ छ।

प्रहरीले पसलबाट बिक्रीका लागि राखिएको बाख्रीको मासुसहित काट्नका लागि तयार पारिएको अर्को बाख्रीसमेत नियन्त्रणमा लिएको जनाएको छ।

पक्राउ परेका तीनैजनालाई प्रहरी वृत्त गौशालामा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

नेपाल प्रेसको कार्यालयमै छिरेर पत्रकार सुवेदी पक्राउ, पक्राउ पुर्जीबिनै प्रहरीको धरपकड

काठमाडौं । प्रहरीले काठमाडौंस्थित नेपाल प्रेसको कार्यालयभित्रै प्रवेश गरेर पत्रकार विश्वमणि सुवेदीलाई नियन्त्रणमा लिएको छ । सादा पोशाकमा आएका प्रहरीले समाचार कक्षमै कार्यरत रहेका...

छठअघि सिर्सिया नदी सफा राख्न उद्योग विभागको निर्देशन

वीरगञ्ज । उद्योग विभागले प्रशोधन नगरी वा निर्धारित वातावरणीय मापदण्डविपरीतको फोहोर पानी नदी तथा खोलामा सिधै विसर्जन नगर्न देशभरका उद्योगहरूलाई निर्देशन दिएको छ। विशेषगरी वीरगञ्ज–पथलैया...

मधेस प्रदेशमा अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण हुने

जनकपुरधाम । मधेस प्रदेश सरकारले सरकारी निकायहरूको आर्थिक कारोबारमा वित्तीय अनुशासन र पारदर्शिता कायम गर्ने उद्देश्यले अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण गर्ने भएको छ। चालू...