Date
शुक्र, कार्तिक १४, २०८३
Fri, October 30, 2026

राष्ट्रपतिद्वारा बाढी प्रभावित क्षेत्र नुवाकोटको अवलोकन

spot_img
spot_img
नुवाकोट ।  राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी बाढी प्रभावित क्षेत्र नुवाकोटको अवस्थाबारे जानकारी लिनुभएको छ ।
उहाँले जिल्ला विपद् व्यवस्थापन समितिबाट बाढी प्रभावित क्षेत्रमा भइरहेको खोज तथा उद्धार, राहत वितरण, होल्डिङ सेन्टर सञ्चालन तथा पुनःस्थापना भइरहेका कार्यको जानकारी लिनुभयो ।
सो अवसरमा प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीसहितका समितिका सदस्यले भोटेकोशी बाढीले जिल्लामा पु¥याएको धनजनको क्षतिबारे विवरण प्रस्तुत गर्नुभयो ।
त्यसक्रममा प्रमुख जिल्ला अधिकारी रेग्मीले बाढी पीडितको खोज, उद्धार, राहत, पुनस्र्थापना तथा तत्काल निर्माणका सम्बन्धमा भइरहेका कामबारे राष्ट्रपति पौडेललाई अवगत गराउनुभयो ।
राष्ट्रपति पौडेलले विदुर नगरपालिका–२ स्थित कभर्ड हलस्थित होल्डिङ सेन्टरको अवलोकन गरी त्यहाँ रहनुभएका रसुवा र नुवाकोटका बाढी प्रभावितसँग अन्तरक्रिया गर्नुभयो ।
अन्तरक्रियामा बाढी प्रभावित नागरिकले भोटेकोशी नदीमा गएको अकल्पनीय बाढीले पु¥याएको धनजनको क्षतिबारे जानकारी गराउनुभएको थियो ।
उहाँहरुले खोज, उद्धार र राहत एवं पुनःस्थापनाका लागि सरकार र सहयोगदातासँग अझ तदारुकताको माग गर्नुभएको थियो ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

नेपाल प्रेसको कार्यालयमै छिरेर पत्रकार सुवेदी पक्राउ, पक्राउ पुर्जीबिनै प्रहरीको धरपकड

काठमाडौं । प्रहरीले काठमाडौंस्थित नेपाल प्रेसको कार्यालयभित्रै प्रवेश गरेर पत्रकार विश्वमणि सुवेदीलाई नियन्त्रणमा लिएको छ । सादा पोशाकमा आएका प्रहरीले समाचार कक्षमै कार्यरत रहेका...

छठअघि सिर्सिया नदी सफा राख्न उद्योग विभागको निर्देशन

वीरगञ्ज । उद्योग विभागले प्रशोधन नगरी वा निर्धारित वातावरणीय मापदण्डविपरीतको फोहोर पानी नदी तथा खोलामा सिधै विसर्जन नगर्न देशभरका उद्योगहरूलाई निर्देशन दिएको छ। विशेषगरी वीरगञ्ज–पथलैया...

मधेस प्रदेशमा अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण हुने

जनकपुरधाम । मधेस प्रदेश सरकारले सरकारी निकायहरूको आर्थिक कारोबारमा वित्तीय अनुशासन र पारदर्शिता कायम गर्ने उद्देश्यले अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण गर्ने भएको छ। चालू...