Date
बुध, भदौ ३१, २०८३
Wed, September 16, 2026

दुर्गा प्रसाईंलाई साधारण तारेखमा रिहा गर्न पर्सा जिल्ला अदालतको आदेश

spot_img
spot_img

वीरगंज । मेडिकल व्यवसायी तथा “राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपाल” का संयोजक दुर्गा प्रसाईंलाई पर्सा जिल्ला अदालतले साधारण तारेखमा छाड्न आदेश दिएको छ ।

विद्युतीय कारोबार तथा राज्यविरुद्धको कसुर सम्बन्धी मुद्दामा इजलास नं. १ का न्यायाधीश गायत्री प्रसाद रेग्मीको इजलासले प्रसाईंलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको पर्सा जिल्ला अदालतका श्रेस्तेदार प्रभाकर कुमार मल्लिकले जानकारी दिए ।

सोमबार ढिलो गरी अभियोग पत्र दर्ता भएकाले मंगलबार थुनछेक बहसपछि सुनुवाइ भएको अदालतले जनाएको छ । वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक बिक्रम सुवेदीको जाहेरीका आधारमा प्रसाईंविरुद्ध मुद्दा दर्ता गरिएको थियो ।

प्रसाईंलाई गत जेठ ४ गते राति सिद्धार्थ दियालो होटलबाट पर्सा प्रहरीले नियन्त्रणमा लिएको थियो । वीरगंज आएका बेला पक्राउ परेका प्रसाईंले आफूलाई गैरकानुनी रूपमा हिरासतमा राखिएको दाबी गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दिएका थिए ।

उक्त निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्मानित्यानन्द पाण्डेयको इजलासले रिट खारेज गर्दै सरकारका नाममा आवश्यक आदेश जारी गरेको थियो ।

यसअघि सर्वोच्च अदालतले आइतबारसम्म प्रसाईंलाई धरौटी वा हाजिरी जमानीमा रिहा गर्न आदेश दिएको भन्दै त्यसको कार्यान्वयन नभएको आरोपमा उनका समर्थकहरूले सोमबार पर्सा जिल्ला अदालत अगाडिको सडकमा प्रदर्शन गरेका थिए । मंगलबार पनि उनका समर्थकहरू अदालत आसपास क्षेत्रमा जम्मा भएका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

सप्तरीमा युवक घरबाटै अपहरण, आफन्तद्वारा प्रहरी चौकी घेराउ

सप्तरी । सप्तरीको बलान बिहुल गाउँपालिका–४ बेल्हीमा २४ वर्षीय अभिनन्द यादवलाई घरबाटै लगिएको भन्दै आफन्त तथा स्थानीयवासीले प्रहरी चौकी घेराउ गरेका छन्। परिवारका अनुसार सोमबार...

परवानीपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु, मृतकको पहिचान खुल्यो

बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका–२३ भलुहीस्थित सागर आयल पेट्रोल पम्प नजिकै गएराति ट्रकको ठक्करबाट दुई जनाको मृत्यु भएको छ। वीरगञ्ज–पथलैया सडकखण्डमा ना.३ ख ५६१० नम्बरको...

मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

सर्लाही । सर्लाहीको सिर्सियामा दुई मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने, दुई जना गम्भीर घाइते भएका छन् । कबिलासी नगरपालिका–७ सिर्सियास्थित मलङ्गवा–नवलपुर...