Date
मङ्ल, भदौ ३०, २०८३
Tue, September 15, 2026

महाशिवरात्रिमा जल भर्न भारत गएका पर्साका कावर्थुको मृत्यु

spot_img
spot_img

सेढवा । महाशिवरात्रि पर्वका अवसरमा जल भर्न भारत पुगेका पर्साका एक कावर्थुको शुक्रबार मृत्यु भएको छ। मृत्यु हुनेमा जिराभवानी गाउँपालिका–३ परसवाका ४५ वर्षीय प्रदीप महतो रहेका छन्।

काफलामा सहभागी अमित गौरोका अनुसार महतो बिहार राज्य अन्तर्गत गोबिन्दघाटबाट जल भरेर फर्किने क्रममा अस्वस्थ भएका थिए। शुक्रबार बिहान स्वास्थ्यमा समस्या देखिएपछि स्थानीय चिकित्सकबाट जाँच गराई औषधि सेवन गराइएको थियो। औषधि सेवनपछि केही समय सामान्य देखिएका महतोले बिहान खाना खाई स्नानसमेत गरेका थिए।

तर पुनः ट्याक्टरमार्फत अरेराजतर्फ जाने क्रममा दिउँसो करिब १ बजे उनलाई अचानक हृदयघात भएको र घटनास्थलमै मृत्यु भएको काफलामा सहभागीहरूले बताएका छन्।

महतो दरवाना काफला समाज पर्सा को परसवा भान्साका सदस्यसमेत रहेका थिए। उक्त काफलामा पर्सा जिल्लाबाट करिब चार सय जना कावर्थु सहभागी रहेका र उनीहरूले महाशिवरात्रिका दिन जिराभवानी मन्दिरलगायत विभिन्न शिव मन्दिरमा जल चढाउने कार्यक्रम रहेको जनाइएको छ।

मृतक महतोको शव नेपाल ल्याई शुक्रबार साँझ हिन्दु परम्पराअनुसार दाहसंस्कार गरिएको जानकारी प्राप्त भएको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

प्रयोगात्मक शिक्षाका लागि सरकारी विद्यालयमा आधुनिक प्रयोगशाला बनाउन विशेष साहको प्रस्ताव

काठमाडौं । जेन जि पर्साका संयोजक विशेष साहले विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनसँग भेट गरी सरकारी विद्यालय तथा कलेजहरूमा प्रयोगात्मक शिक्षालाई प्रभावकारी बनाउन...

बाल दिवसकाे अवसरमा कालिकामाईमा सांस्कृतिक कार्यक्रम तथा वक्तृत्वकला प्रतियोगिता

वीरगंज । पर्साको कालिकामाई गाउँपालिका–२ भेडिहारीस्थित श्री कालिका एकेडेमी बोर्डिङ स्कुलमा बाल दिवसको अवसरमा सांस्कृतिक कार्यक्रम तथा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । विद्यालय परिसरमा...

असोज ११ गते वीरगन्जमा नेकपा पर्साको जिल्ला समायोजन, प्रचण्ड–नेपाल सहभागी हुने

वीरगंज । असोज ११ गते वीरगंजमा हुने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पर्साको जिल्ला समायोजन, सपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रमलाई भव्य र व्यवस्थित रूपमा सम्पन्न...