Date
शुक्र, कार्तिक १४, २०८३
Fri, October 30, 2026

महाशिवरात्रिमा जल भर्न भारत गएका पर्साका कावर्थुको मृत्यु

spot_img
spot_img

सेढवा । महाशिवरात्रि पर्वका अवसरमा जल भर्न भारत पुगेका पर्साका एक कावर्थुको शुक्रबार मृत्यु भएको छ। मृत्यु हुनेमा जिराभवानी गाउँपालिका–३ परसवाका ४५ वर्षीय प्रदीप महतो रहेका छन्।

काफलामा सहभागी अमित गौरोका अनुसार महतो बिहार राज्य अन्तर्गत गोबिन्दघाटबाट जल भरेर फर्किने क्रममा अस्वस्थ भएका थिए। शुक्रबार बिहान स्वास्थ्यमा समस्या देखिएपछि स्थानीय चिकित्सकबाट जाँच गराई औषधि सेवन गराइएको थियो। औषधि सेवनपछि केही समय सामान्य देखिएका महतोले बिहान खाना खाई स्नानसमेत गरेका थिए।

तर पुनः ट्याक्टरमार्फत अरेराजतर्फ जाने क्रममा दिउँसो करिब १ बजे उनलाई अचानक हृदयघात भएको र घटनास्थलमै मृत्यु भएको काफलामा सहभागीहरूले बताएका छन्।

महतो दरवाना काफला समाज पर्सा को परसवा भान्साका सदस्यसमेत रहेका थिए। उक्त काफलामा पर्सा जिल्लाबाट करिब चार सय जना कावर्थु सहभागी रहेका र उनीहरूले महाशिवरात्रिका दिन जिराभवानी मन्दिरलगायत विभिन्न शिव मन्दिरमा जल चढाउने कार्यक्रम रहेको जनाइएको छ।

मृतक महतोको शव नेपाल ल्याई शुक्रबार साँझ हिन्दु परम्पराअनुसार दाहसंस्कार गरिएको जानकारी प्राप्त भएको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

नेपाल प्रेसको कार्यालयमै छिरेर पत्रकार सुवेदी पक्राउ, पक्राउ पुर्जीबिनै प्रहरीको धरपकड

काठमाडौं । प्रहरीले काठमाडौंस्थित नेपाल प्रेसको कार्यालयभित्रै प्रवेश गरेर पत्रकार विश्वमणि सुवेदीलाई नियन्त्रणमा लिएको छ । सादा पोशाकमा आएका प्रहरीले समाचार कक्षमै कार्यरत रहेका...

छठअघि सिर्सिया नदी सफा राख्न उद्योग विभागको निर्देशन

वीरगञ्ज । उद्योग विभागले प्रशोधन नगरी वा निर्धारित वातावरणीय मापदण्डविपरीतको फोहोर पानी नदी तथा खोलामा सिधै विसर्जन नगर्न देशभरका उद्योगहरूलाई निर्देशन दिएको छ। विशेषगरी वीरगञ्ज–पथलैया...

मधेस प्रदेशमा अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण हुने

जनकपुरधाम । मधेस प्रदेश सरकारले सरकारी निकायहरूको आर्थिक कारोबारमा वित्तीय अनुशासन र पारदर्शिता कायम गर्ने उद्देश्यले अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण गर्ने भएको छ। चालू...