Date
शुक्र, फाल्गुन १, २०८२
Fri, February 13, 2026

प्याब्सन टी–२० क्रिकेट: मुनलाईट–सेन्ट जेभियर्स र सनलाईट–गोल्डेन फ्युचरबीच सेमिफाइनल भिडन्त तय

वीरगंज । प्याब्सन टी–२० क्रिकेट प्रतियोगिताको रोमाञ्चक क्वार्टरफाइनल चरण सम्पन्न भएसँगै सेमिफाइनल समीकरण पूरा भएको छ। उत्कृष्ट प्रदर्शन गर्दै गोल्डेन फ्युचर र सनलाईट माध्यमिक विद्यालय सेमिफाइनलमा प्रवेश गरेपछि प्रतियोगिता थप प्रतिस्पर्धात्मक बनेको छ।

- Advertisement -

सेमिफाइनल चरणमा चार सशक्त टोलीबीच उपाधिका लागि कडा प्रतिस्पर्धा हुने निश्चित भएको छ। पहिलो सेमिफाइनल खेलमा मुनलाईट स्कूल र सेन्ट जेभियर्स स्कूल आमनेसामने हुनेछन् भने दोस्रो सेमिफाइनलमा सनलाईट माध्यमिक विद्यालय र गोल्डेन फ्युचरबीच भिडन्त हुनेछ।

क्वार्टरफाइनल खेलमा गोल्डेन फ्युचरले वीरगंज एकेडेमीलाई ४ विकेटले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको थियो। सो खेलमा निरञ्जन यादवको प्रभावशाली प्रदर्शन निर्णायक बन्यो। त्यस्तै, सनलाईट माविले डिएभी स्कूलविरुद्ध १०३ रनको फराकिलो जित निकाल्दै आफ्नो दबदबा देखाएको थियो, जहाँ अब्दुल मलिक अन्सारी म्यान अफ द म्याच घोषित भए।

आगामी सेमिफाइनल खेलहरूमा सबै टोली उत्कृष्ट लयमा देखिएकाले दर्शकहरूले उच्चस्तरीय र रोमाञ्चक क्रिकेटको मजा लिन सक्ने अपेक्षा गरिएको छ।

प्याब्सनका सचिव अशोक संग्रौलाका अनुसार सेमिफाइनल खेलहरू २० ओभरका हुनेछन्। प्याब्सन पर्सा अन्तर्गत आबद्ध ४० विद्यालयको सहभागितामा माघ ८ गतेदेखि सुरु भएको १०औँ संस्करणको प्याब्सन नेपाल मेडिसिटी अन्तर–विद्यालय टी–२० नकआउट क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गर्ने विद्यालयहरू माघ २४ गते शनिबार आमनेसामने हुनेछन्।

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

जनता दर्शनमा सक्रिय मनोज चौधरी, शिक्षा–स्वास्थ्यदेखि ड्राइपोर्ट मुआब्जासम्मका मुद्दा अघि सार्दै

वीरगंज। चुनावी अभियानलाई तीव्र पार्दै नेपाली कम्युनिस्ट पार्टी, पर्सा निर्वाचन क्षेत्र नं. २ का उम्मेदवार मनोज चौधरीले ‘जनता दर्शन’ कार्यक्रमलाई निरन्तरता दिएका छन्। घरदैलो...

धोबिनी–५ मा जसपा उम्मेदवार डा. कृपासिन्धु चौधरीको घरदैलो सम्पन्न

सेढवा । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै जनता समाजवादी पार्टी (जसपा) पर्सा क्षेत्र नं. ४ का उम्मेदवार डा. कृपासिन्धु चौधरीले घरदैलो...

रामगढवामा अशोक टेमानीको घरदैलो, शिक्षा र रोजगारी मुख्य एजेण्डा

वीरगंज । वीरगंज महानगरपालिका वडा नं. २४ रामगढवामा जनता समाजवादी पार्टी (जसपा) बाट पर्सा क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार अशोक टेमानीको घरदैलो...