Date
बिहि, अशोज २२, २०८३
Thu, October 8, 2026

सशस्त्र प्रहरीद्वारा पर्सामा विपन्न परिवारको घरमा विद्युत् जडान

spot_img
spot_img

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल पर्साले “२५औँ सशस्त्र प्रहरी दिवस २०८२” को अवसरमा पर्सा जिल्लामा एक विपन्न परिवारलाई सहयोग गरेको छ ।

पुस २० गते दिवसको अवसरमा वीरगंज महानगरपालिका वडा नं. २८, बगही निवासी मधेश आन्दोलनका जिउँदा शहीद ३६ वर्षीया मन्सी पटेलको निवासमा नं. १३ गण हे.क्वा. पर्साका गणपति सशस्त्र प्रहरी उपरीक्षक पुरन चन्द्र भट्टले भेटघाट गरी न्यानो कपडा (कम्बल) तथा खाद्यान्न सामग्री वितरण गर्नुभएको थियो ।

साेही दिन विभिन्न व्यक्ति तथा संस्थाको सहयोगमा निर्माण भएको जस्ताले छाएको तीन कोठे घरमा विद्युत् सुविधा नहुँदा कठिनाइ भइरहेको जानकारी पाएपछि गणपति भट्टले सशस्त्र प्रहरी बल, नेपालको तर्फबाट घरमा विद्युत् वायरिङ गरिदिने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

सोही प्रतिबद्धता अनुसार बिहिबार र शुक्रबार नं. १३ गण हे.क्वा. पर्साबाट खटिएको टोलीले मन्सी पटेलको घरका तीनै वटा कोठा तथा बाहिरी भागमा विद्युत् वायरिङ गरी पंखा समेत जडान गरेको सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे.क्वा. पर्साका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मोहनराज निरौलाले जानकारी दिए ।

सशस्त्र प्रहरी दिवसको अवसरमा गरिएको यस सहयोगले विपन्न परिवारलाई राहत मिलेको स्थानीयले बताएका छन् । सशस्त्र प्रहरीकाे याे कार्यलाई जिल्लाबासीले प्रशंसा समेत गरेका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

पर्सामा कर्मचारीकाे मिलोमतोमा नक्कली श्रेस्ताबाट ३ करोडको जग्गा नामसारी गर्ने प्रयास

वीरगंज । वीरगंज महानगरपालिका–१० आदर्शनगरस्थित करिब दुई कठ्ठा जग्गाको नक्कली श्रेस्ताको आधारमा हालसाबिक गरी लालपुर्जा बनाउने प्रक्रिया अघि बढाइएको पाइएको छ । नापी कार्यालयको...

मधेसमा विद्युत् चुहावट घट्दै, दुई महिनामा २० करोडभन्दा बढी बक्यौता असुली

जनकपुरधाम । पछिल्ला केही वर्षयता मधेस प्रदेशमा विद्युत् चुहावट निरन्तर घट्दै गएको छ । विद्युत् चुहावट नियन्त्रण अभियान, हुकिङ नियन्त्रण, ग्राहकको बिलिङमा सुधार, लामो समयदेखि...

हृदयघातबाट अभिनेता नाना पाटेकरको निधन

भारत । प्रख्यात अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन भएको छ। गोवास्थित आफ्नै निवासमा उनलाई गम्भीर हृदयघात भएको बताइएको छ। रिपोर्टअनुसार उनलाई तत्काल अस्पताल...