Date
बिहि, अशोज २२, २०८३
Thu, October 8, 2026

नक्कली कागजात बनाएको आरोपमा ३ जना पक्राउ

spot_img
spot_img

वीरगंज । नागरिकता, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन २०७६ विपरीतको कसूरमा संलग्न रहेको आरोपमा पर्सा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार योजनाबद्ध रूपमा झुटा विवरण पेश गरी जन्मदर्ता, विवाहदर्ता तथा नागरिकता लगायतका सरकारी कागजातहरू बनाइदिने कार्य भइरहेको भन्ने गोप्य सूचना प्राप्त भएपछि मिति २०८२।०९।०२ गते प्रहरी टोली खटाइएको थियो ।

प्रहरी टोलीले पर्सा जिल्लाको वीरगंज महानगरपालिका वडा नं. १६, नगवा क्षेत्रबाट दुई जना भारतीय पुरुष र एक जना महिलालाई आवश्यक कागजातसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजु कार्कीले जानकारी दिए ।

पक्राउ परेका व्यक्तिहरूविरुद्ध “नागरिकता/राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन २०७६” सम्बन्धी कसूरमा मुद्दा दर्ता गरी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

पर्सामा कर्मचारीकाे मिलोमतोमा नक्कली श्रेस्ताबाट ३ करोडको जग्गा नामसारी गर्ने प्रयास

वीरगंज । वीरगंज महानगरपालिका–१० आदर्शनगरस्थित सौबासी करिब दुई कठ्ठा जग्गाको नक्कली श्रेस्ताको आधारमा हालसाबिक गरी लालपुर्जा बनाउने प्रक्रिया अघि बढाइएको पाइएको छ । नापी...

मधेसमा विद्युत् चुहावट घट्दै, दुई महिनामा २० करोडभन्दा बढी बक्यौता असुली

जनकपुरधाम । पछिल्ला केही वर्षयता मधेस प्रदेशमा विद्युत् चुहावट निरन्तर घट्दै गएको छ । विद्युत् चुहावट नियन्त्रण अभियान, हुकिङ नियन्त्रण, ग्राहकको बिलिङमा सुधार, लामो समयदेखि...

हृदयघातबाट अभिनेता नाना पाटेकरको निधन

भारत । प्रख्यात अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन भएको छ। गोवास्थित आफ्नै निवासमा उनलाई गम्भीर हृदयघात भएको बताइएको छ। रिपोर्टअनुसार उनलाई तत्काल अस्पताल...