Date
बुध, अशोज २१, २०८३
Wed, October 7, 2026

वीरगंजमा बेकरी उद्योगमा संयुक्त अनुगमन, म्याद गुज्रिएका खाद्य सामग्री नष्ट

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाका उपमेयर ईम्तियाज आलमको संयोजकत्वमा आज संयुक्त बजार अनुगमन टोलीले शहरका विभिन्न पाउरोटी तथा बेकरी उद्योगहरूमा अनुगमन गरेको छ।

अनुगमन टोलीले पानीटन्की–८ स्थित शत्तिमान बेकरी एण्ड फुड प्रोडक्ट्स, श्रीपुर–११ रानिघाटस्थित शिला बेकरी तथा त्यही क्षेत्रको लक्की पाउरोटी उद्योगमा निरीक्षण गरेको थियो।

अनुगमनका क्रममा सफाइको अभाव, मूल्य सूची नटाँगिएको, व्यवसाय दर्ता प्रमाणपत्र नदेखिएको तथा म्याद गुज्रिएका पाउरोटी, पप, डोनट, बम पाउरोटी, सानो केक, बर्फी लगायतका सामग्री भेटिएपछि ती खाद्य सामग्री जफत गरी नष्ट गरिएको टोलीले जनाएको छ।

यसबाहेक केही उद्योगहरूले महानगरबाट व्यवसाय दर्ता नगरेको तथा केहीको दर्ता नवीकरण नभएका कारण ७ दिनभित्र आवश्यक प्रक्रिया पूरा गर्न महानगरपालिकाको कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको छ।

अनुगमन टोलीमा उपभोक्ता हित संरक्षण मञ्च नेपालका अजित भुजेल, महानगरपालिकाका खाद्य अनुसन्धान अधिकृत बिभा मिश्रासहित नेहा मिश्र, सञ्जय महतो, मनोज कुमार दास लगायतको सहभागिता थियो।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

क्रिकेटः नेपालद्वारा ओमान ‘ए’ पराजित

काठमाडौँ । आईसीसी विश्व लिग क्रिकेट–२ को तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले अभ्यास खेलमा आज ओमान ‘ए’ लाई दुई विकेटले पराजित गरेको छ...

रौतहटको बरहवा तालमा हामफालेका अजयको शव भेटियो

रौतहट । गौर नगरपालिका–५ स्थित बरहवा तालमा हाम फालेर बेपत्ता भएका एक पुरुष मृतावस्थामा फेला परेको छ । स्थानीय ४०/४५ वर्षका अजयकुमार केशरी आज बिहान...

वीरगंजमा विद्युतीय सवारीसाधनको ठक्करबाट एक महिलाको मृत्यु

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१६ भानु चोकमा विद्युतीय सवारीसाधन(भ्यान)ले ठक्कर दिँदा स्थानीय ४५ वर्षीया मीराकुमारी गुप्ताको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब...