Date
शनि, कार्तिक १५, २०८३
Sat, October 31, 2026

जगरनाथपुरमा १० किलो अवैध गाँजा बरामद

spot_img
spot_img

सेढवा । पर्साको जगरनाथपुर गाँउपालिका–१ बिसुनपुर्वा नजिकबाट सशस्त्र प्रहरीले आइतबार बिहान १० किलो अवैध लागूऔषध गाँजा बरामद गरेको छ।

सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट (BOP) पिडारिगुठीबाट नायब निरीक्षक दिलबहादुर गुरुङको नेतृत्वमा खटिएको गस्ती टोलीले सीमास्थित बगर क्षेत्रमा शंकास्पद गतिविधि देखेपछि चेकजाँच गर्ने क्रममा तस्करहरूले फालेर भागेको गाँजा फेला पारेको हो।

गस्ती टोलीलाई देखेपछि तस्करहरू भारतीयतर्फ फरार भएकाले कसैलाई पक्राउ गर्न नसकिएको सशस्त्र प्रहरीले जनाएको छ।

बरामद गरिएको १० किलो गाँजा आवश्यक कानुनी प्रक्रिया तथा अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीलाई बुझाइएको सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण पर्साका सूचना अधिकारी प्रहरी नायब उपरिक्षक विश्वराज योन्जनले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

नेपाल प्रेसको कार्यालयमै छिरेर पत्रकार सुवेदी पक्राउ, पक्राउ पुर्जीबिनै प्रहरीको धरपकड

काठमाडौं । प्रहरीले काठमाडौंस्थित नेपाल प्रेसको कार्यालयभित्रै प्रवेश गरेर पत्रकार विश्वमणि सुवेदीलाई नियन्त्रणमा लिएको छ । सादा पोशाकमा आएका प्रहरीले समाचार कक्षमै कार्यरत रहेका...

छठअघि सिर्सिया नदी सफा राख्न उद्योग विभागको निर्देशन

वीरगञ्ज । उद्योग विभागले प्रशोधन नगरी वा निर्धारित वातावरणीय मापदण्डविपरीतको फोहोर पानी नदी तथा खोलामा सिधै विसर्जन नगर्न देशभरका उद्योगहरूलाई निर्देशन दिएको छ। विशेषगरी वीरगञ्ज–पथलैया...

मधेस प्रदेशमा अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण हुने

जनकपुरधाम । मधेस प्रदेश सरकारले सरकारी निकायहरूको आर्थिक कारोबारमा वित्तीय अनुशासन र पारदर्शिता कायम गर्ने उद्देश्यले अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण गर्ने भएको छ। चालू...