Date
मङ्ल, अशोज २०, २०८३
Tue, October 6, 2026

प्रधानमन्त्री कार्कीसँग भारतीय राजदूत श्रीवास्तवको शिष्टाचार भेट

spot_img
spot_img

काठमाडौँ । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले मंगलबार प्रधानमन्त्री सुशीला कार्कीसँग शिष्टाचार भेट गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा द्विपक्षीय हित र आपसी चासोका विभिन्न विषयमा छलफल गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

भेटका क्रममा प्रधानमन्त्री कार्कीले वर्तमान सरकारको प्रमुख कार्यादेश निर्वाचन सम्पन्न गर्नु भएकाले त्यसमा सहयोगका लागि भारतलाई आग्रह गरिन् ।

सो अवसरमा राजदूत श्रीवास्तवले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तर्फबाट प्रधानमन्त्री कार्कीलाई बधाई सन्देश हस्तान्तरण गरे । उक्त सन्देशमा नेपाल–भारतबीचको मित्रता र सहयोगलाई अझ सुदृढ बनाउन मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

राजदूत श्रीवास्तवले नेपालका आवश्यकता र प्राथमिकताअनुसार भारतको सहयोग निरन्तर रहने बताउँदै असल छिमेकीको नातालाई अझ प्रगाढ बनाउन दुवै पक्ष इच्छुक रहेको जानकारी गराए ।

त्यस्तै, उनले आगामी असोज २ गते भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री कार्कीसँग टेलिफोन वार्ता हुने तयारी भइरहेको समेत जानकारी गराए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

महँगो इन्धनका कारण विद्युतीय कारतर्फ आकर्षित हुँदै बेलायती उपभोक्ता

लन्डन । बेलायतमा नयाँ कारको बिक्री सेप्टेम्बरमा उल्लेख्य रूपमा बढेको छ। नयाँ कार दर्ता लगातार १० महिनादेखि बढिरहेको छ। सेप्टेम्बरको बिक्री सन् २०१७ यताकै...

नाइजेरियामा सैन्य विमान दुर्घटना, ३२ जनाको मृत्यु

अबुजा । नाइजेरियाका राष्ट्रपति बोला टिनुबुले सोमबार देशको दक्षिणपश्चिमी ओन्डो राज्यमा भएको सैन्य विमान दुर्घटनामा विमानमा सवार ३२ जनाको निधन भएको पुष्टि गर्नुभएको छ। उड्डयन...

उद्योग व्यवसायीद्वारा नारायणगढ बजार जोगाउन माग

चितवन । यहाँका उद्योगी व्यवसायीले नारायणी नदी नियन्त्रण तथा नारायणगढ बजार संरक्षणका लागि आवश्यक पहल गर्न रास्वपा सभापति रवि लामिछानेलाई भेट गरेका छन् ।...