Date
बिहि, कार्तिक १३, २०८३
Thu, October 29, 2026

पर्सा–२ मा आमात्यको कमब्याक, कांग्रेसभित्र शक्ति सन्तुलनमा हलचल

spot_img
spot_img

वीरगंज । नेपाली कांग्रेसका नेता तथा पूर्व संविधानसभा सदस्य राजेन्द्र बहादुर आमात्यले पर्सा–२ बाट आफु चुनाव लडने वताएका छन् । एक रेडियाेमा अन्तर्वाता दिदै नेता आमात्यले आफु अगामी निर्वाचनमा पर्सा २ बाट प्रतिनिधि सभामा चुनाव लडने वताएका हुन् ।

अन्तर्वाताकाे क्रममा उनले हल्ला जे चलेपनि आफु पर्सा २ बाटै प्रतिनिधि सभा सदस्यमा चुनाव लडने दाबी गरेका छन् । अमात्यले वीरगंज महानगरकाे मेयरकाे उम्मेदवार हुने चर्चा चलेपनि पत्रकारकाे जिज्ञासामा उनले खण्डन सांसद मै चुनाव लडने वताएका हुन् ।

उनले २०७० सालमा संविधानसभा निर्वाचनमा पर्सा–१ बाट विजयी भई संविधान निर्माणमा सक्रिय भूमिका निर्वाह गरेका थिए । लामो अन्तरालपछि गरिएको यो ‘कमब्याक’ले कांग्रेसभित्रै शक्ति सन्तुलनमा प्रभाव पार्ने संकेत देखिएको छ।

अहिले साे क्षेत्रमा नेपाली कांग्रेसबाट अजय कुमार चाैरसिया निर्वाचित भएका छन् । हाल उनी संघिय सरकारकाे कानुन मन्त्री पनि छन् । चौरसियाको क्षेत्रमा आमात्यको प्रवेशले स्थानीय राजनीति नयाँ समीकरणमा पुग्ने विश्लेषण राजनीतिक वृत्तमा सुरु भएको छ ।

आमात्यले संविधान निर्माणलाई आफ्नो पुस्ताको ऐतिहासिक योगदान बताउँदै भने, “संविधान लेख्नु भनेको इतिहास लेख्नु  हो । जातीय, भाषिक, क्षेत्रीय र राजनीतिक भिन्नताबीच सहमतिसहित संविधान बनाउन सक्नु हाम्रो ठूलो उपलब्धि हो।”

विश्लेषकहरूका अनुसार आमात्यको उम्मेदवारीले पर्सा–२ मा जातीय समीकरण, गुटगत शक्ति र स्थानीय नेतृत्वको समीकरण फेरबदल गर्न सक्छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

पकाहाँ मैनपुरमा कांग्रेसका केन्द्रीय सदस्य क्षेत्रीलाई स्वागत तथा सम्मान

वीरगंज । नेपाली कांग्रेस पर्साका जिल्ला सभापति तथा नवनिर्वाचित केन्द्रीय सदस्य जनार्दन सिंह क्षेत्रीलाई पर्साको पकाह मैनपुर गाउँपालिका–३ मा आयोजित एक कार्यक्रमबीच स्वागत तथा...

वीरगंजका बैंकलाई सांसद पन्तको आग्रह : यहाँको नाफाको सीएसआर यहीँ खर्च गरौँ

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले वीरगन्जमा व्यवसाय सञ्चालन गरी नाफा कमाइरहेका बैंकहरूलाई आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व...

दसैँमा समेत तलब नपाएपछि सखुवाप्रसौनीका प्रधानाध्यापकद्वारा ज्ञापनपत्र

सेढवा । पर्साको सखुवाप्रसौनी गाउँपालिकामा गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतबीचको विवादका कारण शिक्षक तथा कर्मचारीले दसैँमा समेत तलब पाउन नसकेको विषय सार्वजनिक भएको...