Date
बिहि, कार्तिक १३, २०८३
Thu, October 29, 2026

सशस्त्र प्रहरीद्वारा नेपाल–भारत मैत्री बसबाट गाँजासहित दुई भारतीय पक्राउ

spot_img
spot_img

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंजबाट खटिएको टोलीले पर्साको वीरगंज महानगरपालिका–१६ मा गरिएको चेकजाँचका क्रममा दुई भारतीय नागरिकलाई प्रतिबन्धित लागुऔषध गाँजासहित पक्राउ गरेको छ ।

आइतबार नेपालबाट भारततर्फ जाँदै गरेको बा.५ ख १२३७ नम्बरको नेपाल–भारत मैत्री यात्रुवाहक बसमा चेकजाँच गर्ने क्रममा भारत महाराष्ट्र, मुम्बई बस्ने ४२ वर्षीय अनवर सलाउदिन खान र ४१ वर्षीय मोहम्मद इकवाल सय्यदलाई नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बल १३ नम्बर गणका सूचना अधिकारी डिएसपी सुरज कार्कीले जानकारी दिए ।

उनका अनुसार पक्राउ परेकाहरुकाे साथमा रहेको झोलामा लुकाइछिपाइ राखिएको ६ किलो ४ सय ग्राम गाँजा बरामद भएकाे छ । सशस्त्र प्रहरीले बरामद गाँजासहित दुबैजनालाई आवश्यक कारबाहीका लागि वडा प्रहरी कार्यालय बिर्तामा बुझाएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

पकाहाँ मैनपुरमा कांग्रेसका केन्द्रीय सदस्य क्षेत्रीलाई स्वागत तथा सम्मान

वीरगंज । नेपाली कांग्रेस पर्साका जिल्ला सभापति तथा नवनिर्वाचित केन्द्रीय सदस्य जनार्दन सिंह क्षेत्रीलाई पर्साको पकाह मैनपुर गाउँपालिका–३ मा आयोजित एक कार्यक्रमबीच स्वागत तथा...

वीरगंजका बैंकलाई सांसद पन्तको आग्रह : यहाँको नाफाको सीएसआर यहीँ खर्च गरौँ

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले वीरगन्जमा व्यवसाय सञ्चालन गरी नाफा कमाइरहेका बैंकहरूलाई आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व...

दसैँमा समेत तलब नपाएपछि सखुवाप्रसौनीका प्रधानाध्यापकद्वारा ज्ञापनपत्र

सेढवा । पर्साको सखुवाप्रसौनी गाउँपालिकामा गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतबीचको विवादका कारण शिक्षक तथा कर्मचारीले दसैँमा समेत तलब पाउन नसकेको विषय सार्वजनिक भएको...