Date
बिहि, कार्तिक १३, २०८३
Thu, October 29, 2026

अमित ठेक्का पट्टाकाे अवैध असुली रुकेन, जिम्मेवार निकाय मौन

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिका–२२ स्थित जगरनाथपुर चोकको ढाँटमा भइरहेको अवैध असुली अझै रोकिएको छैन।

महानगरपालिकाले “जडिबुटी, कबाडी तथा जीवजन्तु कर” उठाउने जिम्मा अमित ठेक्का पट्टालाई दिएको छ। सम्झौताअनुसार ठेकदारले महानगर क्षेत्रभित्र उत्पादन संकलन तथा व्यवसायिक कारोबारमा मात्र कर लिन पाउने व्यवस्था छ।

तर ठेकदार कम्पनीले नियम विपरीत सम्पूर्ण भारतीय मालवाहक सवारीसाधनबाट प्रतिगाडी ४ सयदेखि ५ सय रुपैयाँसम्म असुली गर्दै आएको स्थानीयले बताएका छन्।

प्रत्यक्षदर्शीका अनुसार ढाँटमा खटिएका कर्मचारीहरूले बलजबरजस्ती कर असुली गर्ने मात्र नभई, मागअनुसार पर्ची नकटाउने चालकलाई कुटपिटसमेत गर्ने गरेका छन्।

यस्ता घटनाप्रति स्थानीयवासी पटक–पटक विरोधमा उत्रिँदा विवाद समेत भएको भए पनि सम्बन्धित निकायको ध्यान नपुगेको गुनासो छ।

स्थानियका भनाइअनुसार दिनहुँ आईसीपी हुँदै निस्कने सयौं भारतीय मालवाहक सवारीसाधनसँग रंगदारी असुली भइरहेको छ, तर सरोकारवाला निकाय मौन बसिरहेको छ। उनीहरूले यसरी भइरहेका गतिविधिले नेपालको प्रतिष्ठामै आघात पुर्‍याएको भन्दै कानुनी उपचार खोज्ने तयारी थालेका छन्।

यस विषयमा प्रतिक्रिया दिँदै वीरगंज महानगर प्रमुख राजेशमान सिंहले नियम विपरीत असुली गर्नेहरूमाथि कडा कारबाही गरिने चेतावनी दिएका छन्। उनले महानगरलाई यसबारे लिखित जानकारी नभएको बताए पनि जानकारी आउँनेबित्तिकै कानुनी प्रक्रिया अघि बढाइने स्पष्ट पारेका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

पकाहाँ मैनपुरमा कांग्रेसका केन्द्रीय सदस्य क्षेत्रीलाई स्वागत तथा सम्मान

वीरगंज । नेपाली कांग्रेस पर्साका जिल्ला सभापति तथा नवनिर्वाचित केन्द्रीय सदस्य जनार्दन सिंह क्षेत्रीलाई पर्साको पकाह मैनपुर गाउँपालिका–३ मा आयोजित एक कार्यक्रमबीच स्वागत तथा...

वीरगंजका बैंकलाई सांसद पन्तको आग्रह : यहाँको नाफाको सीएसआर यहीँ खर्च गरौँ

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले वीरगन्जमा व्यवसाय सञ्चालन गरी नाफा कमाइरहेका बैंकहरूलाई आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व...

दसैँमा समेत तलब नपाएपछि सखुवाप्रसौनीका प्रधानाध्यापकद्वारा ज्ञापनपत्र

सेढवा । पर्साको सखुवाप्रसौनी गाउँपालिकामा गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतबीचको विवादका कारण शिक्षक तथा कर्मचारीले दसैँमा समेत तलब पाउन नसकेको विषय सार्वजनिक भएको...