Date
बिहि, कार्तिक १३, २०८३
Thu, October 29, 2026

रास्वपा पर्सा क्षेत्र नं. ३ काे सभापतिमा मनोज कुर्मी चयन

spot_img
spot_img

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्सा निर्वाचन क्षेत्र नं. ३ को सभापतिमा पोखरिया निवासी मनोज कुर्मी चयन भएका छन् ।

वीरगंजस्थित कन्ट्री इन होटलमा शुक्रबार आयोजित निर्वाचन क्षेत्र पुनर्गठन तथा पदपूर्ति कार्यक्रममा कुर्मीलाई सर्वसम्मत चयन गरिएको हो । लामो समयदेखि शिक्षण पेशामा संलग्न रहेका कुर्मीले आफ्नो राजनीतिक यात्रा नेपाल विद्यार्थी संघबाट सुरु गरेका थिए । एक वर्षअघि रास्वपा संगठन विभागका सचिव शंकर श्रेष्ठ र पर्सा जिल्ला सभापति हरि पन्तले उनलाई पार्टीमा प्रवेश गराएका थिए ।

नवगठित क्षेत्रिय समितिकाे उपसभापतिमा महेन्द्र नारायण दास र सुजित कुमार, सचिवमा अरुण गुप्ता र तीन क्षेत्रीय सदस्यसहित सात सदस्यीय समिति गठन गरिएको छ ।

जिल्ला सभापति हरि पन्तले क्षेत्रीय समिति पार्टीको मेरुदण्ड भएको भन्दै क्षेत्र विस्तारले जिल्लामा संगठन बलियो हुने बताएका छन् । उनका अनुसार हालसम्म तीन क्षेत्रीय समिति गठन भइसकेको र आगामी ७ गते शनिबार ठोरीमा हुने भेलामार्फत चौथो क्षेत्रीय समिति पनि गठन हुने छ ।

भेलामा केन्द्रीय सदस्य डा. नन्दन यादव, प्रदेश सदस्य सब्बु कंडेल, पुर्षाेत्तम देव, प्रमोद सहनी, जिल्ला उपसभापति तुलसा पौडेल, सचिव सुदीश प्रजापति, कोषाध्यक्ष दिलिप कुर्मी,पर्सा क्षेत्र नं. ४ का सभापति जितेन्द्र मिश्रा लगायतको उपस्थिति थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

पकाहाँ मैनपुरमा कांग्रेसका केन्द्रीय सदस्य क्षेत्रीलाई स्वागत तथा सम्मान

वीरगंज । नेपाली कांग्रेस पर्साका जिल्ला सभापति तथा नवनिर्वाचित केन्द्रीय सदस्य जनार्दन सिंह क्षेत्रीलाई पर्साको पकाह मैनपुर गाउँपालिका–३ मा आयोजित एक कार्यक्रमबीच स्वागत तथा...

वीरगंजका बैंकलाई सांसद पन्तको आग्रह : यहाँको नाफाको सीएसआर यहीँ खर्च गरौँ

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले वीरगन्जमा व्यवसाय सञ्चालन गरी नाफा कमाइरहेका बैंकहरूलाई आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व...

दसैँमा समेत तलब नपाएपछि सखुवाप्रसौनीका प्रधानाध्यापकद्वारा ज्ञापनपत्र

सेढवा । पर्साको सखुवाप्रसौनी गाउँपालिकामा गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतबीचको विवादका कारण शिक्षक तथा कर्मचारीले दसैँमा समेत तलब पाउन नसकेको विषय सार्वजनिक भएको...