Date
बिहि, कार्तिक १३, २०८३
Thu, October 29, 2026

जगरनाथपुर चोकस्थित ढाँटमा भारतिय गाडीबाट अवैध असुली, स्थानीयको विरोध

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिका–२२ स्थित जगरनाथपुर चोकको ढाँटमा भारतीय गाडीहरूसँग नियमविपरीत अवैध असुली हुँदै आएको भन्दै स्थानीयहरूले विरोध गरेका छन्।

महानगरपालिकाले “जडिबुटी, कबाडी तथा जीवजन्तु कर” उठाउने ठेक्का अमित ठेक्का पट्टालाई दिएको भए पनि, कर्मचारीहरूले नियमविपरीत भारतिय मालवाहक सवारीसाधनहरूबाट प्रतिगाडी ४ सय रुपैयाँसम्म असुली गर्दै आएको स्थानीयको आरोप छ।

प्रत्यक्षदर्शीका अनुसार ढाँटमा खटिएका कर्मचारीहरूले पर्चीको नाममा बलजबरजस्ती असुली गर्ने मात्र होइन, नियमअनुसार पर्ची नकटाउने सवारीचालकलाई हातपात समेत गर्ने गरेका छन्। यसै कारण आइतबार र सोमबार स्थानियवासी विरोधमा उत्रिँदा ढाँट क्षेत्रमा केहीबेर तनाव समेत भएको थियो।

स्थानीयवासीको भनाइअनुसार दिनदहाडै आईसीपी हुँदै निस्कने सयौं भारतीय मालवाहक सवारीसाधनहरूसँग रंगदारी असुली भइरहेको छ, तर सम्बन्धित निकाय भने मौन बसेको छ। यस किसिमको अवैध कार्यले नेपालकै प्रतिष्ठामा आंच पुगेको भन्दै उनीहरूले तत्काल कारबाही गर्न माग समेत गरेका छन्।

स्थानियहरुकाे एक समुहले यस बारे पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई फाेन मार्फत माैखिक जानकारी गराएपछि उनले मंगलबार छलफलकाे लागि जिल्ला प्रशासन कार्यालयमा बाेलाएकाे बुझिएकाे छ ।

यसैगरी बाराको सिमरामा मुख्य राजमार्गमा गाडी रोकेर करका नाममा अवैध रकम असुली गरिरहेकाे ठेक्दार अमित ठेक्कापट्टासंग जितपुर सिमरा उपमहानगरपालिकाले कारवाही प्रकृया शुरु गरेको छ ।

सिमरा–पथलैया खण्डको मुख्य राजमार्गमा अवैध रकम संकलन गरिरहेको गुनासो प्राप्त भएपछि सोमबार उपमहानगरको राजश्व शाखाले उक्त फर्मलाई पत्र काटेर कानुन विपरितका मालबस्तुबाट कर संकलन गरेको विषयमा स्पष्टिकरण मागेको हाे ।

‘उपमहानगरपालिका र अमित ठेक्कापट्टा विच भएको सम्झौता तथा उपमहानगरपालिकाको आर्थिक ऐन विपरितका मालबस्तुबाट कर संकलन भइरहेको भन्ने गुनासो आइरहेकाले सो सम्बन्धमा के कसो भएको हो ? तीन दिन भित्र लिखित जवाफ पेश गर्न अनुरोध छ’ उपमहानगरले काटेको पत्रमा भनिएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

पकाहाँ मैनपुरमा कांग्रेसका केन्द्रीय सदस्य क्षेत्रीलाई स्वागत तथा सम्मान

वीरगंज । नेपाली कांग्रेस पर्साका जिल्ला सभापति तथा नवनिर्वाचित केन्द्रीय सदस्य जनार्दन सिंह क्षेत्रीलाई पर्साको पकाह मैनपुर गाउँपालिका–३ मा आयोजित एक कार्यक्रमबीच स्वागत तथा...

वीरगंजका बैंकलाई सांसद पन्तको आग्रह : यहाँको नाफाको सीएसआर यहीँ खर्च गरौँ

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले वीरगन्जमा व्यवसाय सञ्चालन गरी नाफा कमाइरहेका बैंकहरूलाई आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व...

दसैँमा समेत तलब नपाएपछि सखुवाप्रसौनीका प्रधानाध्यापकद्वारा ज्ञापनपत्र

सेढवा । पर्साको सखुवाप्रसौनी गाउँपालिकामा गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतबीचको विवादका कारण शिक्षक तथा कर्मचारीले दसैँमा समेत तलब पाउन नसकेको विषय सार्वजनिक भएको...