Date
बिहि, कार्तिक १३, २०८३
Thu, October 29, 2026

प्रधानमन्त्रीद्वारा परवानीपुरको प्रशासनिक भवन उद्घाटन हुँदै

spot_img
spot_img

वीरगंज । बाराकाे परवानीपुर गाउँपालिकाकाे नवनिर्मित प्रशासनिक भवनको उद्घाटन भाेली शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने भएका छन् ।

वडा नं. ३ लिपनीमालमा नवनिर्मित गाउँपालिकाकाे प्रशासनिक भवन नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले गर्ने कार्यक्रम रहेकाे परवानीपुर गाउँपालिकाले जनाएकाे छ ।

गाउँपालिका अध्यक्ष रामक्ष्मी प्रसाद कुर्मीका अनुसार गाउँपालिकाको केन्द्रमा अत्याधुनिक सुविधासम्पन्न प्रशासनिक भवन निर्माण सम्पन्न भएसँगै यसको उद्घाटन गरिने भएको हो । प्रधानमन्त्री ओली प्रमुख अतिथी रहेकाे उद्घाटन समारोह शुक्रबार दिउँसो १ बजे सुरु हुनेछ।

कार्यक्रममा प्रधानमन्त्री ओलीसँगै अन्य उच्चपदस्थ सरकारी अधिकारी, स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका नेताहरू, सञ्चारकर्मी र स्थानीय नागरिकहरूको उपस्थिति रहने अपेक्षा गरिएको छ।

यस अघि नै नवनिर्मित भवनकाे गाउँपालिकाले पुजापाठ गरिसकेकाे छ । औपचारिक रुपमा भवन उद्घाटन भइसकेपछि गाउँपालिकाकाे कार्यालय संचालनमा सहज हुने प्रमुख प्रशासकीय अधिकृत मुन्ना कुमार राैनियारले वताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

पकाहाँ मैनपुरमा कांग्रेसका केन्द्रीय सदस्य क्षेत्रीलाई स्वागत तथा सम्मान

वीरगंज । नेपाली कांग्रेस पर्साका जिल्ला सभापति तथा नवनिर्वाचित केन्द्रीय सदस्य जनार्दन सिंह क्षेत्रीलाई पर्साको पकाह मैनपुर गाउँपालिका–३ मा आयोजित एक कार्यक्रमबीच स्वागत तथा...

वीरगंजका बैंकलाई सांसद पन्तको आग्रह : यहाँको नाफाको सीएसआर यहीँ खर्च गरौँ

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले वीरगन्जमा व्यवसाय सञ्चालन गरी नाफा कमाइरहेका बैंकहरूलाई आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व...

दसैँमा समेत तलब नपाएपछि सखुवाप्रसौनीका प्रधानाध्यापकद्वारा ज्ञापनपत्र

सेढवा । पर्साको सखुवाप्रसौनी गाउँपालिकामा गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतबीचको विवादका कारण शिक्षक तथा कर्मचारीले दसैँमा समेत तलब पाउन नसकेको विषय सार्वजनिक भएको...