Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

गाैतम माविमा अभिभावक अभिमुखिकरण सम्पन्न

spot_img
spot_img

वीरगंज । वीरगंजस्थित गौतम माध्यमिक विद्यालयमा बुधबार अभिभावक अभिमुखिकरण कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ। विद्यालयको सभा हलमा सम्पन्न कार्यक्रममा कक्षा युकेजी (UKG) का विद्यार्थीहरूका अभिभावकहरू उपस्थित थिए।

कार्यक्रममा सहभागि अभिभावकहरूलाई प्रारम्भिक बाल शिक्षा तथा हेरचाह (ECEC) का प्रशिक्षक सुमिन महर्जनले प्रशिक्षण दिएका थिए। उनले मधेश प्रदेशमा पहिलोपटक प्रारम्भिक बाल शिक्षाको नयाँ पद्धति ECEC (Early Childhood Education and Care) यही विद्यालयमा लागू गरिएको जानकारी दिए।

महर्जनका अनुसार, यो पद्धति केवल किताबी ज्ञानमा सीमित नभई बालबालिकालाई जीवन उपयोगी सीप सिकाउन केन्द्रित गरिएको छ। “play-way approach” मा आधारित यस पद्धतिले बालबालिकाको शैक्षिक, सामाजिक, भावनात्मक तथा शारीरिक विकासमा सन्तुलन ल्याउने लक्ष्य राखिएको छ।

विद्यालयका अनुसार, यस शिक्षण पद्धतिले बालबालिकालाई खेलमैत्री वातावरणमा सिक्न प्रेरित गर्नेछ। सिर्जनात्मक गतिविधिहरू, रमाइलो सिकाइ प्रक्रिया र उमेर अनुसारको शिक्षणले उनीहरूको समग्र विकासमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

विद्यालय प्रशासनले शिक्षकहरूको तालिम मात्र पर्याप्त नभई अभिभावकहरूसँग समेत अन्तर्क्रिया गरेर नयाँ शिक्षण पद्धतिबारे स्पष्ट जानकारी प्रदान गरेको छ। कार्यक्रममा अभिभावकहरूले ECEC शिक्षण प्रणालीलाई स्वागत गर्दै सकारात्मक प्रतिक्रिया व्यक्त गरेका छन्।

विद्यालयकी प्रिन्सिपल प्रतिक्षा पिया लामा, विद्यालय प्रशासन शाखाका स्वराज प्रधान, शिक्षक, शिक्षिका तथा अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको कार्यक्रममा विद्यालय प्रशासनले मधेश प्रदेशमै पहिलोपटक ECEC प्रणाली सुरु गरेसँगै प्रदेशको बालशिक्षामा नयाँ युगको सुरुवात भएको घोषणा गरेको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

भेडियाहीमा रोकिएको यातायात कार्यालय भवन निर्माण तत्काल अघि बढाइने

वीरगंज । वीरगंज महानगरपालिका–१५ भेडियाहीमा निर्माण रोकिएको यातायात व्यवस्था कार्यालयको भवनको काम पुनः अघि बढाउने तयारी भएको छ। श्रम तथा यातायात मन्त्री शारदा देवी थापाको...

पूर्वमेयर प्रदीप सुवेदीको राप्रपा परित्याग, कारण के हो ?

वीरगंज । वीरगंजका पूर्वमेयर तथा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का नेता प्रदीपकुमार सुवेदीले पार्टी परित्याग गरेका छन्। राप्रपाको पर्सा जिल्ला अधिवेशन भइरहेका बेला सुवेदीले बुधबार...

जिराभवानी गाउँपालिकामा बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन

वीरगंज । पर्साको जिराभवानी गाउँपालिका–२, सेढवास्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा १९ सदस्यीय बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन गरिएको छ। युरोपियन युनियनको आर्थिक सहयोग...