Date
सोम, भदौ १५, २०८३
Mon, August 31, 2026

विभिन्न समूदायको परम्परागत बाजागाजा लोप हुँदै

spot_img
spot_img

ओमप्रकाश चाैधरी/
सेढवा । पर्साका बिभिन्न समूदायको परम्परागत बाजा गाजा लोप हुँदै गएका छन । आदिवासी जनजातिमा पर्ने थारु, तामाङ, नेवार तथा मदेशी समूदायका परम्परागत बाजा गाजा लोपन्मुख भएका छन ।

आदिवासी समुदायका परम्परागत संस्कृति बाजा गाजा अन्तर्गत रहेका मानर, डम्फू, हेला खुर्दुक, ढाक तासा, धुतुवा, बाँसुरी लगायतका बाजाहरुको लोप हुने अवस्थामा पुगेका छन । थारु कल्याणकारिणी समितिका केन्द्रीय सदस्य ब्रिजमोहन चौधरीका अनुसार बिगतमा समुदायमा बिवाह तथाअन्य खुसीका समयमा यो बाजाहरु बजाई रमाइलो गर्ने परम्परा रहेका थिए ।

प्रत्येक गाउ टोलमा यी बाजा बजाउने सिप भएका ब्यक्तिहरुलाई समाजमा जिम्मेवारी नै दिई मिलाएर बसाई गर्न लगाएका केन्द्रीय सदस्य चौधरीले बताए । तर अहिले अधिकांश बाजा लोप भएका केहि स्थानमा ढाक तासा, हेला खुर्दुक बाजा अझै समाजमा रहेका चौधरीले बताए ।

यी बाजाहरुलाई बिस्ताफित गर्दै समूदायमा डि जे, बैण्ड बाजा, सात सहेलिया लगायतका आधुनिक बाजा बजाउन प्रचलन बढेका छन ।

त्यस्तै नेवार समुदायको परम्परागत बाजा धिने बाजा पर्साबाट पूर्ण रुपले बिस्तापित भएका ठोरी गाउपालिका वडा नं ४ बिजयबस्ती नेवार समूदायको अगुवा रामबहादुर श्रेष्ठले बताए । परम्परागत संस्कृति जोगाउन नेवार समूदायमा बिभिन्न संघ/संस्था गठन गरेपनि राजनीतिक कारण पाटीगत संस्था भएको श्रेष्ठले बताए । मुलुकमा संघियता आए पनि जनप्रतिनिधिहरु यसको संरक्षणका लागि केही नगरेको श्रेष्ठको आरोप रहेकाे छ ।

त्यस्तै तामाङ समुदायका अगुवा ठोरी गाउपालिका वडा नं ५ सुवर्णपुरका भिमबहादुर पाख्रिनले पश्चिमी सभ्यता हाम्रो नेपाली समुदायमा हाबी भएको बताए । तामाङ समूदायका परम्परागत बाजा डम्फू, मुचुङ्गा, टुना लगायतका बाजा लोप भएको पाख्रिनले बताए ।

बिवाह भोजमा समेत यी बाजाहरु प्रयोग नभएको र अकल झुकल रेकर्डिङ बजाउने गरिएको भेटिएको पाख्रिनले बताए । अहिले प्रयोगमा रहेका डिजे, बैण्ड बाजा, ढोल तासा, सात सहेलियाँ लगायतका बाजामा ठूलो आवाजमा बजाईने गरेका हुँदा रोगी तथा बृद्धाहरुको स्वास्थ्यमा समस्या हुने गरेका जनाएको छन ।

यसका साथै यी बाजाहरु आआ अश्लील तथा भडकिलो गीत संगीतको बढि प्रयोग भएकाले समाजमा बिकृति समेत समाबेश भइरहेको स्थानीयले जनाएका छन ।

त्यस्तै क्षेत्री बहुन समुदायका परम्परागत बाजा पंचे बाजा तथा नरसिंह बाजा पनि लोप हुने अवस्थामा पुगेका छन । यस सम्बन्धमा पटेर्वासुगौली गाउँपालिका वडा नं २ वडाध्यक्ष बिजय गैरेका अनुसार पंचे बाजा र नरसिहा बाजा हाल पनि संरक्षणमा रहेको बताए । तर यी बाजाका लागि ठूलो रकम तिर्न पर्ने भएका कारण सबैको पहुचमा नरहेको वडाध्यक्ष गैरेले बताए ।

तराईमा बाहुन र क्षेत्रीको जनसंख्या न्यून भएकाले यस क्षेत्रमा खासै प्राथमिकता नराखिएका वडाध्यक्ष गैरेले बताए । तर पहाड तिर अहिले पनि यी परम्परागत बाजाका संरक्षणका लागि सामगि तथा महिला दिदी बहिनीहरुलाई प्रशिक्षण दिने गरिएका वडाध्यक्ष गैरेले बताए ।

यस सम्बन्धमा शिक्षक सेवा निवृत मधेशी मूलका छोटेलाल प्रसादका अनुसार प्राय: अधिकांश समूदायका संस्कृति तथा परम्परा झल्काउने पहिचानहरु लोप हुँदै गएकाे बताए । मधेशी समुदायका कहि कहि सहनाई, ढाक तासा लगायतका बाता बिद्धमान रहेपनि प्रयोगमा नरहेको शिक्षक छोटेलाल प्रसादले बताए ।

बिवाह भोज तथा अन्य कार्यक्रममा यस्ता बाजाहरु प्रयोगमा ल्याउदा समुदायका अग्रजहरुले नै नाकारात्मक दृष्टिकोणले हेर्ने गरेको उनको बझाई रहेका छन । यी परम्परागत बाजा बजाउन सिपालु रहेका कलाकारहरुलाई बिहाभोजमा लैजादा प्राश्रमिक एकदमै न्यून दिने गरेकाले पनि यी पेशामा नलागेका गुनासा गरेका छन ।

हेला खुर्दुक बजाउन कमतिमा पाच जना आवश्यक पर्ने गरेका र एक वटा बिहेमा जादा दुई दिन खर्चिनु पर्ने उनीहरुको भनाई रहेको छ । बाजा बजाए वापत पाच जनाको बीचमा साढे दुई या तीन हजार रुपैया पाउने गरेको उनीहरुको गुनासो छ । जब की एक जना समान्य ज्यामीको दैनिक ज्याला पाच सय रुपैया रहेका छन ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

‘शव व्यवस्थापन अस्थायी भण्डारण मात्रै हो अन्तिम संस्कार होइन’ : प्रजिअ गणेश अर्याल

नारायणगढ (चितवन) ।  भोटेकोशी बाढीमा परी मृत्यु भई त्रिशूली र नारायणी नदी किनारमा भेटिएका शवको व्यवस्थापनका सन्दर्भमा चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले अहिले...

अहिलेको प्राथमिकता उद्धारसँगै शव सङ्कलन गर्नु होः सञ्चारमन्त्री डा तिमिल्सिना

नुवाकोट । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले बाढी प्रभावित क्षेत्रमा उद्धारसँगै शव सङ्कलन हाल सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा...

भोटेकोशी बाढीः मधेस प्रदेशका हराइरहेका ३० जना सम्पर्कमा

जनकपुरधाम ।  रसुवाको भोटेकोशीमा गएको बाढीमा हराइरहेकामध्ये मधेस प्रदेशका ३० जना परिवारको सम्पर्कमा आएका छन् । मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रवक्ता एवं वरिष्ठ प्रहरी...