Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

विभिन्न समूदायको परम्परागत बाजागाजा लोप हुँदै

spot_img
spot_img

ओमप्रकाश चाैधरी/
सेढवा । पर्साका बिभिन्न समूदायको परम्परागत बाजा गाजा लोप हुँदै गएका छन । आदिवासी जनजातिमा पर्ने थारु, तामाङ, नेवार तथा मदेशी समूदायका परम्परागत बाजा गाजा लोपन्मुख भएका छन ।

आदिवासी समुदायका परम्परागत संस्कृति बाजा गाजा अन्तर्गत रहेका मानर, डम्फू, हेला खुर्दुक, ढाक तासा, धुतुवा, बाँसुरी लगायतका बाजाहरुको लोप हुने अवस्थामा पुगेका छन । थारु कल्याणकारिणी समितिका केन्द्रीय सदस्य ब्रिजमोहन चौधरीका अनुसार बिगतमा समुदायमा बिवाह तथाअन्य खुसीका समयमा यो बाजाहरु बजाई रमाइलो गर्ने परम्परा रहेका थिए ।

प्रत्येक गाउ टोलमा यी बाजा बजाउने सिप भएका ब्यक्तिहरुलाई समाजमा जिम्मेवारी नै दिई मिलाएर बसाई गर्न लगाएका केन्द्रीय सदस्य चौधरीले बताए । तर अहिले अधिकांश बाजा लोप भएका केहि स्थानमा ढाक तासा, हेला खुर्दुक बाजा अझै समाजमा रहेका चौधरीले बताए ।

यी बाजाहरुलाई बिस्ताफित गर्दै समूदायमा डि जे, बैण्ड बाजा, सात सहेलिया लगायतका आधुनिक बाजा बजाउन प्रचलन बढेका छन ।

त्यस्तै नेवार समुदायको परम्परागत बाजा धिने बाजा पर्साबाट पूर्ण रुपले बिस्तापित भएका ठोरी गाउपालिका वडा नं ४ बिजयबस्ती नेवार समूदायको अगुवा रामबहादुर श्रेष्ठले बताए । परम्परागत संस्कृति जोगाउन नेवार समूदायमा बिभिन्न संघ/संस्था गठन गरेपनि राजनीतिक कारण पाटीगत संस्था भएको श्रेष्ठले बताए । मुलुकमा संघियता आए पनि जनप्रतिनिधिहरु यसको संरक्षणका लागि केही नगरेको श्रेष्ठको आरोप रहेकाे छ ।

त्यस्तै तामाङ समुदायका अगुवा ठोरी गाउपालिका वडा नं ५ सुवर्णपुरका भिमबहादुर पाख्रिनले पश्चिमी सभ्यता हाम्रो नेपाली समुदायमा हाबी भएको बताए । तामाङ समूदायका परम्परागत बाजा डम्फू, मुचुङ्गा, टुना लगायतका बाजा लोप भएको पाख्रिनले बताए ।

बिवाह भोजमा समेत यी बाजाहरु प्रयोग नभएको र अकल झुकल रेकर्डिङ बजाउने गरिएको भेटिएको पाख्रिनले बताए । अहिले प्रयोगमा रहेका डिजे, बैण्ड बाजा, ढोल तासा, सात सहेलियाँ लगायतका बाजामा ठूलो आवाजमा बजाईने गरेका हुँदा रोगी तथा बृद्धाहरुको स्वास्थ्यमा समस्या हुने गरेका जनाएको छन ।

यसका साथै यी बाजाहरु आआ अश्लील तथा भडकिलो गीत संगीतको बढि प्रयोग भएकाले समाजमा बिकृति समेत समाबेश भइरहेको स्थानीयले जनाएका छन ।

त्यस्तै क्षेत्री बहुन समुदायका परम्परागत बाजा पंचे बाजा तथा नरसिंह बाजा पनि लोप हुने अवस्थामा पुगेका छन । यस सम्बन्धमा पटेर्वासुगौली गाउँपालिका वडा नं २ वडाध्यक्ष बिजय गैरेका अनुसार पंचे बाजा र नरसिहा बाजा हाल पनि संरक्षणमा रहेको बताए । तर यी बाजाका लागि ठूलो रकम तिर्न पर्ने भएका कारण सबैको पहुचमा नरहेको वडाध्यक्ष गैरेले बताए ।

तराईमा बाहुन र क्षेत्रीको जनसंख्या न्यून भएकाले यस क्षेत्रमा खासै प्राथमिकता नराखिएका वडाध्यक्ष गैरेले बताए । तर पहाड तिर अहिले पनि यी परम्परागत बाजाका संरक्षणका लागि सामगि तथा महिला दिदी बहिनीहरुलाई प्रशिक्षण दिने गरिएका वडाध्यक्ष गैरेले बताए ।

यस सम्बन्धमा शिक्षक सेवा निवृत मधेशी मूलका छोटेलाल प्रसादका अनुसार प्राय: अधिकांश समूदायका संस्कृति तथा परम्परा झल्काउने पहिचानहरु लोप हुँदै गएकाे बताए । मधेशी समुदायका कहि कहि सहनाई, ढाक तासा लगायतका बाता बिद्धमान रहेपनि प्रयोगमा नरहेको शिक्षक छोटेलाल प्रसादले बताए ।

बिवाह भोज तथा अन्य कार्यक्रममा यस्ता बाजाहरु प्रयोगमा ल्याउदा समुदायका अग्रजहरुले नै नाकारात्मक दृष्टिकोणले हेर्ने गरेको उनको बझाई रहेका छन । यी परम्परागत बाजा बजाउन सिपालु रहेका कलाकारहरुलाई बिहाभोजमा लैजादा प्राश्रमिक एकदमै न्यून दिने गरेकाले पनि यी पेशामा नलागेका गुनासा गरेका छन ।

हेला खुर्दुक बजाउन कमतिमा पाच जना आवश्यक पर्ने गरेका र एक वटा बिहेमा जादा दुई दिन खर्चिनु पर्ने उनीहरुको भनाई रहेको छ । बाजा बजाए वापत पाच जनाको बीचमा साढे दुई या तीन हजार रुपैया पाउने गरेको उनीहरुको गुनासो छ । जब की एक जना समान्य ज्यामीको दैनिक ज्याला पाच सय रुपैया रहेका छन ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा ‘बेबी एन्ड ममा’ शप सञ्चालनमा, विजय सरावगीले गरे उद्घाटन

वीरगंज । वीरगंजमा महानगरपालिकाको घण्टाघर नजिकै आर्मी ब्यारेकको छेउमा बालबालिकाका कपडा तथा महिलाका सामग्री उपलब्ध गराउने उद्देश्यले ‘बेबी एन्ड ममा’ नामक नयाँ शप सञ्चालनमा...

कांग्रेसको केन्द्रीय सदस्यमा पर्साका चार जना निर्वाचित, दुई नेता पराजित

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट पर्साका चार जना नेता केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् भने सहमहामन्त्री पदमा उम्मेदवारी दिएका पर्साकै नेता सुरेन्द्र प्रसाद...

वीरगञ्ज मेनरोड विस्तारको ठेक्का आह्वान, दुई खण्डमा काम हुने

वीरगञ्ज । वीरगञ्जको मुख्य सडक (मेनरोड) विस्तार तथा स्तरोन्नतिका लागि ठेक्का प्रक्रिया अघि बढेको छ। सडक डिभिजन कार्यालय हेटौँडाले मितेरी पुलदेखि गण्डक चोकसम्मको सडकलाई...