Date
बिहि, अशोज २२, २०८३
Thu, October 8, 2026

जनमत पार्टीकाे १४ औं आँखा शिविर सम्पन्न, हाल सम्म १७ सय लाभान्वित

spot_img
spot_img

वीरगंज । जनमत पार्टी, पर्साको लोककल्याणकारी अभियान अन्तर्गत संचालित नि:शुल्क आँखा शिविर बुधबार पर्साकाे सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर -२ मा सम्पन्न भएकाे छ । बुधबार सम्पन्न १४ औं शिविरमा १७० जनाले चेकजाँच गराएका छन् ।

सो मध्ये ६८ जनामा मोतियाबिन्दु भेटिएको जनमत पार्टी पर्साका अध्यक्ष ओमप्रकाश सरार्फले जानकारी दिए । मोतियाबिन्दु भएकाहरुकाे निशुल्क शल्यक्रिया वीरगंज सामुदायिक आँखा केन्द्रमा गरिने अध्यक्ष सरार्फले बताए ।

उनका अनुसार जनमत पार्टीद्वारा संचालित शिविरबाट अहिले सम्म १७ सय भन्दा बढी लाभान्वित भएका छन भने ४२० भन्दा बढीको मोतिया बिन्दुको निशुल्क शल्यक्रिया समेत गरिएकाे छ ।

जनमत पार्टी सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर -२ वडा इकाई समितिका अध्यक्ष जयभोलेको अध्यक्षतामा सम्पन्न शिविरमा पालिका अध्यक्ष देवेन्द्र रवानी, नेताहरू अमरनाथ सिंह राठौर, रुकसाना खातुन लगायतको सहभागीता रहेको थियो ।

यो अभियान पर्साको गाउँदेखि सहर सम्म जारी नै रहने अध्यक्ष सरार्फले बताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

कांग्रेसको केन्द्रीय सदस्यमा पर्साका अशर्फी शाहको पनि उम्मेदवारी

वीरगंज । नेपाली कांग्रेसका नेता अशर्फी शाहले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मधेश तर्फबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गराएका छन् । पर्साको पटेर्वासुगौली गाउँपालिका–५ निवासी...

पर्सामा कर्मचारीकाे मिलोमतोमा नक्कली श्रेस्ताबाट ३ करोडको जग्गा नामसारी गर्ने प्रयास

वीरगंज । वीरगंज महानगरपालिका–१० आदर्शनगरस्थित सौबासी करिब दुई कठ्ठा जग्गाको नक्कली श्रेस्ताको आधारमा हालसाबिक गरी लालपुर्जा बनाउने प्रक्रिया अघि बढाइएको पाइएको छ । नापी...

मधेसमा विद्युत् चुहावट घट्दै, दुई महिनामा २० करोडभन्दा बढी बक्यौता असुली

जनकपुरधाम । पछिल्ला केही वर्षयता मधेस प्रदेशमा विद्युत् चुहावट निरन्तर घट्दै गएको छ । विद्युत् चुहावट नियन्त्रण अभियान, हुकिङ नियन्त्रण, ग्राहकको बिलिङमा सुधार, लामो समयदेखि...