Date
बिहि, अशोज २२, २०८३
Thu, October 8, 2026

प्रेस सेन्टरकाे स्थापना दिवसमा रक्तदान र प्रभातफेरी

spot_img
spot_img

वीरगंज । प्रेस सेन्टर नेपाल २१ औँ स्थापना दिवस वीरगंज पनि मनाइएको छ । प्रेस सेन्टर जिल्ला समन्वय समिति पर्साले वीरगंजमा प्रभातफेरी र रक्तदान गरेर स्थापना दिवस मनाएको हो । प्रेस सेन्टर पर्साका अध्यक्ष शिवनाथ यादवको अध्यक्षतामा रक्तसञ्चार केन्द्र वीरगंजमा भएको रक्तदानमा एक महिला सहित २१ जनाले रक्तदान गरेका थिए ।

कार्यक्रममा प्रेम कुमारी अधिकारी, शिवनाथ यादव, दीपक गौतम, अजित कुमार भुजेल, संजित गुप्ता, रञ्जित यादव, संजोग गिरी, शब्दर हुसैन, विशाल पटेल, रञ्जित पाण्डे, सलाउद्दीन अन्सारी, बलिराम यादव, अमिर मन्सुरी, कृष्णा दास, कन्हैया महतो लगायत २१ जनाले रक्तदान गरेको रक्त सञ्चार केन्द्र वीरगंजका प्राविधिक प्रमुख शौरभराज पाण्डेले जानकारी दिए ।

यसअघि रक्तदानको नेपाल रेडक्रस सोसाईटी पर्सा शाखाका सभापति विरेन्द्रराज कडेंल र नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनालले रक्तदाताहरुलाई रगत संकलन गर्ने ब्लड ब्याग हस्तान्तरण गरेर उदघाटन गरेका थिए ।

त्यसअघि वीरगंजकाे घण्टाघरबाट सुरु भएको प्रभातफेरी माईस्थान, आदर्शनगर चोक, घडिअर्वा लगायत नगरको विभिन्न परिक्रमा गर्दै पुनः घण्टाघरमै आएर समापन भएको थियो ।

प्रभातफेरीपछि भएको कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनालले संगठनको २१ औं स्थापना दिवसको शुभकामना दिए । पत्रकारितामा लागेकाहरु पनि यहि समाजको भएकोले सामाजका सामाजिक उत्तरदायित्वमा जिम्मेवार रहने बताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

कांग्रेसको केन्द्रीय सदस्यमा पर्साका अशर्फी शाहको पनि उम्मेदवारी

वीरगंज । नेपाली कांग्रेसका नेता अशर्फी शाहले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मधेश तर्फबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गराएका छन् । पर्साको पटेर्वासुगौली गाउँपालिका–५ निवासी...

पर्सामा कर्मचारीकाे मिलोमतोमा नक्कली श्रेस्ताबाट ३ करोडको जग्गा नामसारी गर्ने प्रयास

वीरगंज । वीरगंज महानगरपालिका–१० आदर्शनगरस्थित सौबासी करिब दुई कठ्ठा जग्गाको नक्कली श्रेस्ताको आधारमा हालसाबिक गरी लालपुर्जा बनाउने प्रक्रिया अघि बढाइएको पाइएको छ । नापी...

मधेसमा विद्युत् चुहावट घट्दै, दुई महिनामा २० करोडभन्दा बढी बक्यौता असुली

जनकपुरधाम । पछिल्ला केही वर्षयता मधेस प्रदेशमा विद्युत् चुहावट निरन्तर घट्दै गएको छ । विद्युत् चुहावट नियन्त्रण अभियान, हुकिङ नियन्त्रण, ग्राहकको बिलिङमा सुधार, लामो समयदेखि...