Date
बिहि, अशोज २२, २०८३
Thu, October 8, 2026

नेशनल मेडिकल कलेजले नर्सिङ दिवस मनायाे

spot_img
spot_img

वीरगंज । ६३ औँ नर्सिङ दिवस, विभिन्न कार्यक्रम गरी देशैभर मनाइएकाे छ । नर्सहरूको पेशागत सुरक्षा र हकहितका लागि भन्दै २०१८ माघ १५ गते नेपाल नर्सिङ संघको स्थापना भएको थियो । संघकै स्थापना दिनको अवसर पारेर यो दिवस मनाउन थालिएको हो ।

नेपाल नर्सिङ दिवस नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल वीरगंजमा पनि मनाईएको छ । दिवसको अवसर पारेर मेडिकल कलेजले नर्सिङ दिवस बिशेष कार्यक्रम गरेको हो ।

कार्यक्रमको प्रमुख अतिथि नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालका एकेडेमीक डाइरेक्टर डा. नुसरत जहाँ अन्सारीले नर्सिङ दिवसको शुभकामना व्यक्त गर्दै बिरामीलाई आफन्त जस्तो सम्झेर सेवा गर्न नर्सहरुलाई सुझाव दिईन् ।

मेडिकल कलेजका हस्पिटल डाइरेक्टर इसरत जहाँ अंसारी, अडमिसन तथा मार्केटिङ डाइरेक्टर अविद हुसैन अंसारी, डाइरेक्टर रुबि यास्मिन कलेजका प्रो. डा. के ऐन सिंहलगायतले पनि नर्सिङ दिवसको शुभकामना व्यक्त गरेका थिए ।

नर्सिङ दिवसकै अवसर पारेर बिरामीहरूलाई फलफूल समेत वितरण गरिएकाे थियाे । साे अवसरमा नेशनल मेडिकल कलेजका प्रशासन प्रमुख गौसुल आजम, पप्पु सिंह, कलेजमा कार्यरत नर्स, कर्मचारी लगायतकाे उपस्थिती रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

कांग्रेसको केन्द्रीय सदस्यमा पर्साका अशर्फी शाहको पनि उम्मेदवारी

वीरगंज । नेपाली कांग्रेसका नेता अशर्फी शाहले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मधेश तर्फबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गराएका छन् । पर्साको पटेर्वासुगौली गाउँपालिका–५ निवासी...

पर्सामा कर्मचारीकाे मिलोमतोमा नक्कली श्रेस्ताबाट ३ करोडको जग्गा नामसारी गर्ने प्रयास

वीरगंज । वीरगंज महानगरपालिका–१० आदर्शनगरस्थित सौबासी करिब दुई कठ्ठा जग्गाको नक्कली श्रेस्ताको आधारमा हालसाबिक गरी लालपुर्जा बनाउने प्रक्रिया अघि बढाइएको पाइएको छ । नापी...

मधेसमा विद्युत् चुहावट घट्दै, दुई महिनामा २० करोडभन्दा बढी बक्यौता असुली

जनकपुरधाम । पछिल्ला केही वर्षयता मधेस प्रदेशमा विद्युत् चुहावट निरन्तर घट्दै गएको छ । विद्युत् चुहावट नियन्त्रण अभियान, हुकिङ नियन्त्रण, ग्राहकको बिलिङमा सुधार, लामो समयदेखि...