Date
बिहि, भदौ ४, २०८३
Thu, August 20, 2026

साउथ जोनकाे बार्षिकाेत्सवमा रक्तदान र स्वास्थ्य शिविर सम्पन्न

spot_img
spot_img

वीरगंज । वीरगंजस्थित साउथ जोन माध्यमिक विद्यालये १६ औं वार्षिकोत्सवको अवसरमा विद्यालयमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा १४ महिलासहित ५३ जनाले रक्तदान गरेका छन् ।

रक्तदान गर्ने रक्तदाताहरुमा सम्झना चौधरी, सरिता झा, दिपा शर्मा, स्मिता सिलवाल, राजन दास, धीरज घिमिरे, सुनिल कपुर दास, कुनाल जयसवाल, विशाल पटेल लगायतका रहेका छन् ।

विद्यालयका प्रधानाध्याक सरोज प्रसाद चौधरीको अध्यक्षतामा भएको सो रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी पर्साका सभापति विरेन्द्रराज कँडेल र मन्त्री विनोद गिरी, प्याब्सन मधेश प्रदेशका वरिष्ठ उपाध्यक्ष श्याम केसी, ठाकुरराम बहुमुखी क्याम्पसका पूर्व प्रमुख तथा प्राध्यापक डा. उमेश चौरसिया, पत्रकार जगत राई, प्रणय साह लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि रेडक्रसका सभापति कँडेलले पहिलो रक्तदान गर्ने रक्तदातालाई रगल संकलन पर्ने पोका हस्तान्तरण गरेर रक्तदान कार्यक्रमको शुभारम्भ गरेका थिए ।

१६ औं वार्षिकोत्सवको अवसरमा सप्ताहव्यापी कार्यक्रम अन्तर्गत रक्तदान कार्यक्रम आयोजना भएको र मंगलबार नै विद्यालयले अभिभावकहरुका लागि नि:शुल्क स्वास्थ्य जाँच शिविर पनि आयोजना गरेकको विद्यालय सहायक प्रधानाध्यापक अशोक संग्रौलाले जानकारी दिए ।

सो शिविरबाट ५० जना भन्दा बढी अभिभावक लाभान्वित भएको उनले बताए । शिविरमा चिकित्सक डा. वेदप्रकाश कुशवाहा र डा. सुशिल कुमार साहको सिफारिस अनुसार आवश्यक टेष्टहरु र औषधीसमेत विद्यालयले अभिभावकका लागि नि:शुल्क व्यवस्थापन गरेको संग्रौलाले बताए ।

यस्तै, वार्षिकोत्सव मनाउन आयोजना गरिएको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत माघ १६ गते नर्सरीदेखि कक्षा २ सम्मको खेलकुद कार्यक्रम, माघ १७ गते सामुदायिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामाग्री हस्तान्तरण, माघ १८ गते नर्सरीदेखि कक्षा २ सम्मको सांस्कृतिक र पुरस्कार वितरण कार्यक्रम र माघ २० गते १६ औं वार्षिकोत्सव कार्यक्रम तथा पुरस्कार वितरण कार्यक्रम आयोजना गरिएको विद्यालय सहायक प्रधानाध्यापक संग्रौलाले जानकारी दिए ।

वीरगंज महानगरपालिका वडा नं. १३ मा २०६६ साल स्थापित विद्यालयमा हाल करिब १८०० विद्यार्थी अध्ययनरत छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

सिमरा विमानस्थलमा निःशुल्क स्वास्थ्य सहायता कक्ष सञ्चालन

बारा । सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष सञ्चालनमा आएको छ । नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगंजकाे सहयोगमा स्थापना गरिएको स्वास्थ्य...

चकलेट दिएर फकाई ३ वर्षीया बालिकामाथि जबरजस्ती करणीपछि हत्या, दुई जना पक्राउ

बारा । जितपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया बालिकाको जबरजस्ती करणीपछि हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार...

उच्च अदालत वीरगंजका मुख्य न्यायाधीश डाँगी सवार स्कारपियो दुर्घटना, हेलिकप्टरबाट काठमाडौं लगियो

वीरगंज । उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका मुख्य न्यायाधीश गोकर्ण डाँगी सवार स्कारपियो मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरीखेतमा दुर्घटना हुँदा ६ जना घाइते भएका...