Date
बिहि, अशोज २२, २०८३
Thu, October 8, 2026

बिपिएस प्लस २ का दुई विद्यार्थीले जिते स्वर्णपदक, कलेजले गर्यो सम्मान

spot_img
spot_img

वीरगंज । फस्ट इन्डो नेपाल ताइक्वान्दो ओपन च्याम्पियनशीप्स २०२५ मा बिपिएस प्लस २ का दुई विद्यार्थीले स्वर्णपदक हात पारेका छन् ।

बिपिएस प्लस २ को कक्षा ११ मा अध्यनरत सुजित कुमार यादव र रोहन पटेलले उत्कृष्ट प्रदर्शन गर्दै स्वर्णपदक हात पारेका हुन । खेल सकेर फर्किएका विद्यार्थीहरुलाई कलेजले एक कार्यक्रम आयोजना गरि खादा, टिका र पुरस्कार प्रदान गरि सम्मान गरेको छ ।

कोशी प्रदेश ताइक्वान्दो संघले झापाको काँकडभित्ता टाउन हलमा आयोजना गरेको दुई दिने प्रतियोगितामा ५५ किलोमा यादव र ७४ किलोमा पटेल प्रथम हुँदै स्वर्ण जितेको कलेजका एचआर निर्देशक संदिप कुशवाहाले जानकारी दिए ।

कलेजका शैक्षिक निर्देशक दिपक पटेलले बाटो जति कठिन हुन्छ, सफलता पनि त्यती नै उच्च हुने बताउँदै बिद्यार्थीहरुमा रहेको प्रतिभा समयमै पहिचान भयो भने भविष्यमा अगाडि बढ्न सजिलो हुने जिकिर गरे । उनलेे बिद्यार्थीलाई सम्मानित गर्दै यस कलेजमा अध्यनरत बिद्यार्थीले पदक जित्दै कलेजलाई गौरवान्वित बनाएको बताए ।

नेपाल र भारतका २२ क्लबबाट ६ सयभन्दा बढी खेलाडीहरूको सहभागिता रहेको प्रतियोगितामा वीरगंजले ५ स्वर्ण, ४ सिल्भर र ११ कास्य पदक जितेको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

कांग्रेसको केन्द्रीय सदस्यमा पर्साका अशर्फी शाहको पनि उम्मेदवारी

वीरगंज । नेपाली कांग्रेसका नेता अशर्फी शाहले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मधेश तर्फबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गराएका छन् । पर्साको पटेर्वासुगौली गाउँपालिका–५ निवासी...

पर्सामा कर्मचारीकाे मिलोमतोमा नक्कली श्रेस्ताबाट ३ करोडको जग्गा नामसारी गर्ने प्रयास

वीरगंज । वीरगंज महानगरपालिका–१० आदर्शनगरस्थित सौबासी करिब दुई कठ्ठा जग्गाको नक्कली श्रेस्ताको आधारमा हालसाबिक गरी लालपुर्जा बनाउने प्रक्रिया अघि बढाइएको पाइएको छ । नापी...

मधेसमा विद्युत् चुहावट घट्दै, दुई महिनामा २० करोडभन्दा बढी बक्यौता असुली

जनकपुरधाम । पछिल्ला केही वर्षयता मधेस प्रदेशमा विद्युत् चुहावट निरन्तर घट्दै गएको छ । विद्युत् चुहावट नियन्त्रण अभियान, हुकिङ नियन्त्रण, ग्राहकको बिलिङमा सुधार, लामो समयदेखि...