Date
आइत, असार २८, २०८३
Sun, July 12, 2026

सिर्सिया नदीमा हाम फालेकी किशाेरीकाे खाेजी कार्य जारी

spot_img
spot_img

वीरगंज । पर्सा जिल्लाको वीरगंजस्थित सिर्सिया नदीमा हाम फालेर बेपत्ता भएकी किशोरीको पहिचान खुलेको छ । 

आइतबार बिहान करिब ९ बजेतिर वीरगंजकाे रानीघाटस्थित पुलबाट हाम फालेकी किशोरी बाराको प्रसौनी गाउँपालिका वडा नम्बर २, खुटुवा निवासी १७ वर्षीय रमिता कुमारी दास रहेकाे प्रहरीले जनाएकाे छ ।

रमिताकाे आमालाई जिल्ला प्रहरी कार्यालयमा ल्याएर साेधपुछ भइरहेकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक (डिएसपी) दीपक भारतीले वताए । रमिताकाे आमा वाेल्न सक्ने अवस्थामा नरहेकाेले थप कुराहरु खुल्न नसकेकाे उनले वताए । 

प्रवक्ता भारतीका अनुसार, खोजी कार्यलाई थप प्रभावकारी बनाउन स्थानीय बासिन्दासँगको सहकार्यमा प्रहरीको प्रयास जारी छ । अविरल वर्षाको कारण बाढीको बहाव उच्च भएको हुँदा खोजी कार्यमा चुनौती उत्पन्न भएको छ ।

प्रहरीका अनुसार रमिता कुमारीले नदीमा हाम फालेपछि उनी बाढीको तेज बहावमा बेपत्ता भएकी छन् । अविरल वर्षाका कारण सिर्सिया नदीमा आएको बाढीले खोजी कार्यमा कठिनाइ थपेको छ । प्रहरी टोलीले घटनास्थलमा पुगेर खोजी कार्य जारी राखे पनि हालसम्म रमिता कुमारीको कुनै सुराक फेला परेको छैन ।

यसैबिच, घटना लगतै पर्सा प्रहरीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) कुमोद ढुङ्गेल पनि घटनास्थलमा पुगेका थिए । उनले खोजी कार्यको निरीक्षण गर्दै उद्धार कार्यलाई तीव्र बनाउन निर्देशन दिएका हुन् । खोजी कार्यका लागि थप सुरक्षाकर्मी परिचालित गरिएको र आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मधेशी भएकै कारण विभेद र फिल्मबाट हटाइएको काजल कर्णको दाबी

काठमाडौं । छायांकनरत नेपाली फिल्म ‘चिरञ्जीवि भवः’ विवादमा तानिएको छ । अभिनेत्री काजल कर्णले आफू मधेशी भएकै कारण विभेद गरिएको र फिल्मबाट हटाइएको आरोप...

वीरगंजमा सडक विस्तार अभियान तीव्र, एक सातामै करिब ३ सय घर भत्काइयो

वीरगंज । वीरगंज महानगरपालिकाको मुख्य सडक विस्तार अभियान तीव्र गतिमा अघि बढिरहेको छ । अभियान सुरु भएको एक सातामै करिब ३ सय घर तथा...

निजी घर निर्माणका लागि रेल्वे राेडमा दुई महिनादेखि बाटो बन्द, स्थानीयको विरोध

वीरगंज । वीरगंज महानगरपालिका–७ अन्तर्गत रेल्वे रोडस्थित नेपाल जिम क्लबको पश्चिमतर्फ जाने सार्वजनिक बाटो करिब दुई महिनादेखि बन्द हुँदा स्थानीय बासिन्दा सास्ती भोग्न बाध्य...