Date
आइत, भदौ २८, २०८३
Sun, September 13, 2026

धाेबिनीकाे गाउँ सभा पनि सम्पन्न, रु ३९ कराेड बराबरकाे बजेट प्रस्तुत

spot_img
spot_img

वीरगंज । पर्साको धोबीनी गाउँपालिकाको १० औं गाउँ सभा शुक्रबार सम्पन्न भएकाे छ । गाँउपालिका अध्यक्ष मदन प्रसाद चाैहानकाे अध्यक्षतामा भएकाे गाउँ सभाले चालु आर्थिक बर्ष २०८१/०८२ काे रु ३९ करोड १ लाख बराबरको बजेट सर्वसहमत पारित गरेकाे निमित प्रमुख प्रशासकिय अधिकृत अशाेक राैनियारले जानकारी दिए ।

गाउँ कार्यपालिकाकाे कार्यालय लंगडीमा भएकाे गाँउ सभामा गाउँपालिकाकी उपाध्यक्ष मंजु देवी पटेलको आदेश अनुसार प्रमुख प्रसाशकिय अधिकृत रौनियारले बजेट प्रस्तुत गरेका थिए । प्रस्तुत बजेट अनुसार गाउँपालिका स्तरिय याेजनाकाे लागि रु दुई कराेड, उपाध्यक्ष स्तरिय याेजनाकाे लागि डेढ कराेड र वडा स्तरिय याेजनाहरुकाे लागि रु १ कराेड २० लाख बजेट छुट्याइएकाे छ ।

गाउँ सभालाई सम्बाेधन गर्दै गाउँपालिका अध्यक्ष चौहानले बजेटमा पहिलो प्राथमिकता स्वास्थ्य, शिक्षा, कृषि भएकाे वताए । साथै उनले महिला, बालबालिका, पर्यटन, भौतिक बिकास निर्माणको काममा पनि बजेट छुट्याइएकाे वताए ।

उनले यस बर्ष गाउँपालिकामा साक्षरता अभियान चलाउने याेजना रहेकाे वताए । साक्षरता अभियान अन्तर्गत जेष्ठ नागरिकहरुलाई समेत साक्षर बनाएर बाकी रहेका असाक्षरहरुलाई साक्षर बनाएर गाउँपालिकालाई साक्षर घोषणा गरिने अध्यक्ष चाैहानले जानकारी दिए । उनले राजनीतिक कारणले गाउँ सभा केही ढिलाे भएकाे वताउँदै अब बिकास निर्माण कामले तिब्रता पाउने वताए ।

प्रमुख प्रसाशकिय अधिकृत रौनियारले पनि गाउँपालिकामा साक्षरता अभियान चलाएर साक्षर गाउँपालिका घोषणा गर्ने बताए । उनले गाउँपालिका साक्षरता घोषणा गराउनमा सहयोग गर्नेलाई सम्मान गर्ने पनि बताए ।

गाउँ सभामा नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि श्याम किसोर पटेल, सशस्त्र प्रहरी भिखमपुरका डिएसपी रिवाज दहाल, भिस्वा बिओपिका भिस्वाका प्रहरी निरिक्षक मिन प्रसाद भटराई, वडाध्यक्ष बन्धु साह तेली, अबास मियाँ चुरिहार, राजकिशाेर पटेल, देबेन्द्र पटेल, मनाउर मियाँ, कार्यापालिका सदस्य दिनेश कालवार, शिक्षा शाखा प्रमुख बृजकिशोर त्रिपाठी, ईन्जिनियर रबिभुषन पटेल, योजना शाखा प्रमुख पप्पु पटेल, लेखापाल धन्नजय दास, जिन्शी शाखा प्रमुख प्रदिप पटेल, प्रदिप गुप्ता, तेजेन्द्र माली, केशराज प्रसाद कुर्मी लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमकाे सहजीकरण स्वास्थ्य शाखा प्रमुख संजय यादवले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पोखरियाको बसन्तपुर विद्यालय भवन निर्माणका लागि ७६ लाख ५९ हजारको सहयोग परियोजना स्वीकृत

वीरगंज । पर्साको पोखरिया नगरपालिका–३, बसन्तपुरस्थित श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयको भवन निर्माणका लागि ७६ लाख ५९ हजार ५ सय रुपैयाँ बराबरको सहयोग परियोजना...

‘बुक फ्रि फ्राइडे’ र ‘स्किल इन एजुकेसन’ आगामी शैक्षिकसत्रदेखि लागू गर्ने तयारी

काठमाडौँ । सरकारले विद्यालय शिक्षालाई व्यावहारिक र सीपमूलक बनाउने उद्देश्यले ‘बुक फ्रि फ्राइडे’ र ‘स्किल इन एजुकेसन’ अवधारणा आगामी शैक्षिकसत्रदेखि देशभर लागू गर्ने तयारी...

तीज आजदेखि, व्रत बस्ने शक्तिका लागि दर खाने तयारी

काठमाडौँ । हरितालिका (तीज) व्रतका लागि शक्ति प्राप्त गर्न नेपाली नारीले आज दर खाने तयारी गरेका छन् । दर खाएसँगै आजदेखि चारदिने तीजपर्व सुरु...