Date
सोम, भदौ २९, २०८३
Mon, September 14, 2026

मिटर ब्याजकाे समस्या समाधानको लागि वीरगंजमा अन्तरक्रिया

spot_img
spot_img

वीरगंज । मिटर ब्याज विरुद्ध किशान मजदुर आन्दोलन भोजपुरा कमान्ड पर्साकाे आयाेजनामा मंगलबार वीरगंजमा मिटर ब्याजकाे समस्या समाधानको लागि अन्तरक्रिया तथा बिचार गोष्ठी सम्पन्न भएकाे छ ।

मिटर ब्याज विरुद्ध किशान मजदुर आन्दोलनका पर्सा अध्यक्ष कृष्ण राज ठाकुरको अध्यक्षतामा बिरगंजको रानीसति धर्मशलामा भएकाे कार्यक्रमका प्रमुख संघका अध्यक्ष अवधेश कुश्वाहाले मिटर ब्याज सम्बन्धि समस्या समाधान नभए सम्म आफुहरुको आन्दोलनले विश्राम नलिने बताए ।

कुश्वहाले मधेसमा मिटर ब्याजको कारण धेरै घर परिवार अत्याधिक पीडित रहेकोले तिनिहरुको पीडालाई समाप्त पार्नको लागि आफुहरु कृयाशिल रहेको बताउनु वताए ।

अन्तरक्रियामा नेकपा (एकीकृत समाजबादी) पर्सा अध्यक्ष बालगोपाल थापाले शोषित, उत्पीडित र मजदुरको विपक्षमा लागनेहरु कदापि कम्युनिष्ट हुन नसक्ने भएको हुनाले मिटर ब्याज पीडितको पक्षम सम्पुर्ण कम्युनिष्ट पार्टीलाई लाग्न अहवान गरे ।

अन्तरक्रिया कार्यक्रममा नेकपा एमालेका नेता जालिम मियाँ, मिटर ब्याज विरुद्ध किशान मजदुर आन्दोलन बाराका उपाध्यक्ष शिवदयाल पासवान, पर्साका प्रवक्ता मुकेश पटेल, जिल्ला कोषाध्यक्ष रेश्म कुश्वाहा लागायतले मन्तब्य व्यक्त गरेका थिए । कार्यक्रमकाे संचालन वीरगंज महानगर अध्यक्ष शम्भु यादवले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मधेशमा ७७४ अस्थायी स्वास्थ्यकर्मीको कामकाजमा रोक

राजविराज । मधेश प्रदेशका स्वास्थ्य संस्थामा अस्थायी दरबन्दीमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कामकाजमा नखटाउन तथा हाजिर नगराउन प्रदेश सरकारले निर्देशन दिएको छ। मधेश प्रदेश...

उपनेश चौरसिया तरुण दल पर्साको उपाध्यक्षमा नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्सा जिल्ला कार्यसमितिको उपाध्यक्षमा उपनेश कुमार चौरसिया नियुक्त भएका छन्। नेपाल तरुण दल पर्साका जिल्ला अध्यक्ष बालमीकी यादवले जिल्ला कार्यसमितिलाई...

सुधीर पटेलको नेतृत्वमा धादिङका बाढीपीडितलाई १५ लाखको राहत सामग्री वितरण

वीरगंज । जेन–जी पर्सा तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा नेता सुधीर पटेलले धादिङको गजुरी गाउँपालिकाका बाढीपीडित परिवारलाई करिब १५ लाख रुपैयाँ बराबरको...