Date
बिहि, कार्तिक १३, २०८३
Thu, October 29, 2026

मिटर ब्याजकाे समस्या समाधानको लागि वीरगंजमा अन्तरक्रिया

spot_img
spot_img

वीरगंज । मिटर ब्याज विरुद्ध किशान मजदुर आन्दोलन भोजपुरा कमान्ड पर्साकाे आयाेजनामा मंगलबार वीरगंजमा मिटर ब्याजकाे समस्या समाधानको लागि अन्तरक्रिया तथा बिचार गोष्ठी सम्पन्न भएकाे छ ।

मिटर ब्याज विरुद्ध किशान मजदुर आन्दोलनका पर्सा अध्यक्ष कृष्ण राज ठाकुरको अध्यक्षतामा बिरगंजको रानीसति धर्मशलामा भएकाे कार्यक्रमका प्रमुख संघका अध्यक्ष अवधेश कुश्वाहाले मिटर ब्याज सम्बन्धि समस्या समाधान नभए सम्म आफुहरुको आन्दोलनले विश्राम नलिने बताए ।

कुश्वहाले मधेसमा मिटर ब्याजको कारण धेरै घर परिवार अत्याधिक पीडित रहेकोले तिनिहरुको पीडालाई समाप्त पार्नको लागि आफुहरु कृयाशिल रहेको बताउनु वताए ।

अन्तरक्रियामा नेकपा (एकीकृत समाजबादी) पर्सा अध्यक्ष बालगोपाल थापाले शोषित, उत्पीडित र मजदुरको विपक्षमा लागनेहरु कदापि कम्युनिष्ट हुन नसक्ने भएको हुनाले मिटर ब्याज पीडितको पक्षम सम्पुर्ण कम्युनिष्ट पार्टीलाई लाग्न अहवान गरे ।

अन्तरक्रिया कार्यक्रममा नेकपा एमालेका नेता जालिम मियाँ, मिटर ब्याज विरुद्ध किशान मजदुर आन्दोलन बाराका उपाध्यक्ष शिवदयाल पासवान, पर्साका प्रवक्ता मुकेश पटेल, जिल्ला कोषाध्यक्ष रेश्म कुश्वाहा लागायतले मन्तब्य व्यक्त गरेका थिए । कार्यक्रमकाे संचालन वीरगंज महानगर अध्यक्ष शम्भु यादवले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पकाहाँ मैनपुरमा कांग्रेसका केन्द्रीय सदस्य क्षेत्रीलाई स्वागत तथा सम्मान

वीरगंज । नेपाली कांग्रेस पर्साका जिल्ला सभापति तथा नवनिर्वाचित केन्द्रीय सदस्य जनार्दन सिंह क्षेत्रीलाई पर्साको पकाह मैनपुर गाउँपालिका–३ मा आयोजित एक कार्यक्रमबीच स्वागत तथा...

वीरगंजका बैंकलाई सांसद पन्तको आग्रह : यहाँको नाफाको सीएसआर यहीँ खर्च गरौँ

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले वीरगन्जमा व्यवसाय सञ्चालन गरी नाफा कमाइरहेका बैंकहरूलाई आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व...

दसैँमा समेत तलब नपाएपछि सखुवाप्रसौनीका प्रधानाध्यापकद्वारा ज्ञापनपत्र

सेढवा । पर्साको सखुवाप्रसौनी गाउँपालिकामा गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतबीचको विवादका कारण शिक्षक तथा कर्मचारीले दसैँमा समेत तलब पाउन नसकेको विषय सार्वजनिक भएको...