Date
सोम, भदौ २९, २०८३
Mon, September 14, 2026

मुक्त हारवाचरवा अधिकार मंचका प्रतिनिधि र दलित जनप्रतिनिधिहरु बिच अन्तरक्रिया

spot_img
spot_img

वीरगंज । मुक्त हारवाचरवा अधिकारका मंचका प्रतिनिधि र वीरगंज महानगरपालिकाका दलित जनप्रतिनिधिहरु बिच शुक्रबार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे छ ।

द फ्रिडम फण्डकाे सहयाेग र ब्रिलिएन्ट युवा क्लबकाे आयाेजनामा भएकाे कार्यक्रमममा दलित जनप्रतिधिहरुसंग मंचका प्रतिनिधिहरुले मुक्त हारवाचरवाहरुकाे न्यायिक मांगलाई सम्बाेधन गराउन महानगरपालिकासंग पहल गरिदिन अनुराेध गरेका थिए ।

पुस्ताैदेखि दास्ता प्रथाकाे अवशेषकाे रुपमा रहेकाे हारवाचरवा प्रथाबाट हामीले कागजी रुपमा मुक्ति पाएपनि पुनरस्थापनाकाे काम अगाडी नबढेकाे हुनाले पुनरस्थापनामा स्थानिय सरकारकाे अत्याधिक भुमिका रहेकाेले माहनगरलाई उक्त भुमिका खेलिदिनकाे लागि दलित जनप्रतिनिधिहरुलाई पहल कदमी लिईदिनकाे लागि आग्रह गरेका थिए ।

मंचका महानगर समितिका अध्यक्ष राजकिशाेर पासवानकाे अध्यक्षतामा भएकाे अन्तरक्रिया कार्यक्रममा वीरगंज महानगरपालिकाका कार्यपालिका सदस्य नितु राम, मंचका पर्सा जिल्ला अध्यक्ष अमरदेव पासवान, उपाध्यक्ष उमापती माझी, ब्रिलिएन्ट युवा क्लबका अध्यक्ष छठु साह, दलित महिला सदस्यहरु संगिता राम, साेनी पासवान प्रमशिला देबी दास, सिता देबी बैठा, रम्भा देबी, मंजु परियार लगायतकाे उपस्थिती रहेकाे थियाे ।

वीरगंजस्थित मधुशाला रेष्टुरेन्टमा भएकाे कार्यक्रमकाे सहजिकरण दलित महिला अधिकारकर्मी निला रामले गरेकी थिइन ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मधेशमा ७७४ अस्थायी स्वास्थ्यकर्मीको कामकाजमा रोक

राजविराज । मधेश प्रदेशका स्वास्थ्य संस्थामा अस्थायी दरबन्दीमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कामकाजमा नखटाउन तथा हाजिर नगराउन प्रदेश सरकारले निर्देशन दिएको छ। मधेश प्रदेश...

उपनेश चौरसिया तरुण दल पर्साको उपाध्यक्षमा नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्सा जिल्ला कार्यसमितिको उपाध्यक्षमा उपनेश कुमार चौरसिया नियुक्त भएका छन्। नेपाल तरुण दल पर्साका जिल्ला अध्यक्ष बालमीकी यादवले जिल्ला कार्यसमितिलाई...

सुधीर पटेलको नेतृत्वमा धादिङका बाढीपीडितलाई १५ लाखको राहत सामग्री वितरण

वीरगंज । जेन–जी पर्सा तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा नेता सुधीर पटेलले धादिङको गजुरी गाउँपालिकाका बाढीपीडित परिवारलाई करिब १५ लाख रुपैयाँ बराबरको...