Date
बिहि, कार्तिक १३, २०८३
Thu, October 29, 2026

मुक्त हारवाचरवा अधिकार मंचका प्रतिनिधि र दलित जनप्रतिनिधिहरु बिच अन्तरक्रिया

spot_img
spot_img

वीरगंज । मुक्त हारवाचरवा अधिकारका मंचका प्रतिनिधि र वीरगंज महानगरपालिकाका दलित जनप्रतिनिधिहरु बिच शुक्रबार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे छ ।

द फ्रिडम फण्डकाे सहयाेग र ब्रिलिएन्ट युवा क्लबकाे आयाेजनामा भएकाे कार्यक्रमममा दलित जनप्रतिधिहरुसंग मंचका प्रतिनिधिहरुले मुक्त हारवाचरवाहरुकाे न्यायिक मांगलाई सम्बाेधन गराउन महानगरपालिकासंग पहल गरिदिन अनुराेध गरेका थिए ।

पुस्ताैदेखि दास्ता प्रथाकाे अवशेषकाे रुपमा रहेकाे हारवाचरवा प्रथाबाट हामीले कागजी रुपमा मुक्ति पाएपनि पुनरस्थापनाकाे काम अगाडी नबढेकाे हुनाले पुनरस्थापनामा स्थानिय सरकारकाे अत्याधिक भुमिका रहेकाेले माहनगरलाई उक्त भुमिका खेलिदिनकाे लागि दलित जनप्रतिनिधिहरुलाई पहल कदमी लिईदिनकाे लागि आग्रह गरेका थिए ।

मंचका महानगर समितिका अध्यक्ष राजकिशाेर पासवानकाे अध्यक्षतामा भएकाे अन्तरक्रिया कार्यक्रममा वीरगंज महानगरपालिकाका कार्यपालिका सदस्य नितु राम, मंचका पर्सा जिल्ला अध्यक्ष अमरदेव पासवान, उपाध्यक्ष उमापती माझी, ब्रिलिएन्ट युवा क्लबका अध्यक्ष छठु साह, दलित महिला सदस्यहरु संगिता राम, साेनी पासवान प्रमशिला देबी दास, सिता देबी बैठा, रम्भा देबी, मंजु परियार लगायतकाे उपस्थिती रहेकाे थियाे ।

वीरगंजस्थित मधुशाला रेष्टुरेन्टमा भएकाे कार्यक्रमकाे सहजिकरण दलित महिला अधिकारकर्मी निला रामले गरेकी थिइन ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पकाहाँ मैनपुरमा कांग्रेसका केन्द्रीय सदस्य क्षेत्रीलाई स्वागत तथा सम्मान

वीरगंज । नेपाली कांग्रेस पर्साका जिल्ला सभापति तथा नवनिर्वाचित केन्द्रीय सदस्य जनार्दन सिंह क्षेत्रीलाई पर्साको पकाह मैनपुर गाउँपालिका–३ मा आयोजित एक कार्यक्रमबीच स्वागत तथा...

वीरगंजका बैंकलाई सांसद पन्तको आग्रह : यहाँको नाफाको सीएसआर यहीँ खर्च गरौँ

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले वीरगन्जमा व्यवसाय सञ्चालन गरी नाफा कमाइरहेका बैंकहरूलाई आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व...

दसैँमा समेत तलब नपाएपछि सखुवाप्रसौनीका प्रधानाध्यापकद्वारा ज्ञापनपत्र

सेढवा । पर्साको सखुवाप्रसौनी गाउँपालिकामा गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतबीचको विवादका कारण शिक्षक तथा कर्मचारीले दसैँमा समेत तलब पाउन नसकेको विषय सार्वजनिक भएको...