Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

स्माईल डेन्टल क्लिनिक अर्काे ठाउँमा संचालन, मन्त्री यादव र मेयर सिंहले गरे उद्घाटन

spot_img
spot_img

वीरगंज । वीरगंजकाे लिंकरोडस्थित कुमु प्यालेसको छेउमा स्माईल डेन्टल केयर एण्ड पोलिक्लिनिक सञ्चालनमा आएको छ । यसअघि लिंकरोडकै अर्को स्थानमा रहेको यो क्लिनिक अहिले नयाँ ठाउँबाट परिस्कृत ढंगले सञ्चालनमा आएको हो ।

शनिवार बिहान एक कार्यक्रम बिच नेपाल सरकारका खानेपानी मन्त्री प्रदीप यादव एवं वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले सयुँक्त रुपमा क्लिनिकको उद्घाटन गरे । कार्यक्रमका प्रमुख अतिथी मन्त्री यादवले “स्वास्थ्यमा दन्त उपचारको महत्त्वपूर्ण भूमिका रहेको वताउँदै यस क्लिनिकले वीरगंजमा अत्याधुनिक सेवा प्रदान गर्ने वताए ।

मेयर सिंहले पनि आफ्नो मन्तव्य राख्दै, “वीरगंजमा दन्तसम्बन्धी समस्या समाधान गर्न यो क्लिनिकले ठुलो योगदान गर्ने बताए ।

कार्यक्रममा क्लिनिकका प्रबन्ध निर्देशक आमिर आलमले “करिब ३० लाखको लगानीमा सञ्चालित यस क्लिनिकमा आरसिटी, क्याप लगाउने, डेन्टल इम्प्लान्ट लगायतका अत्याधुनिक सेवाहरू उपलब्ध हुने वताए । साथै, उनले क्लिनिकबाट १० जनाले रोजगारी पाएको जानकारी पनि दिए ।

उद्घाटन कार्यक्रममा पूर्व मन्त्री करिमा बेगम, पूर्व प्रदेश सभा सदस्य जन्नत अन्सारी, प्रहलाद गिरी, जिल्ला समन्वय समिति पर्साका पूर्व प्रमुख नेकमहमद अन्सारी, पर्सागढी नगरपालिकाका कार्यापालिका सदस्य अस्लम आलम लगायतकाकाे उपस्थिति रहेको थियो।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भेडियाहीमा रोकिएको यातायात कार्यालय भवन निर्माण तत्काल अघि बढाइने

वीरगंज । वीरगंज महानगरपालिका–१५ भेडियाहीमा निर्माण रोकिएको यातायात व्यवस्था कार्यालयको भवनको काम पुनः अघि बढाउने तयारी भएको छ। श्रम तथा यातायात मन्त्री शारदा देवी थापाको...

पूर्वमेयर प्रदीप सुवेदीको राप्रपा परित्याग, कारण के हो ?

वीरगंज । वीरगंजका पूर्वमेयर तथा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का नेता प्रदीपकुमार सुवेदीले पार्टी परित्याग गरेका छन्। राप्रपाको पर्सा जिल्ला अधिवेशन भइरहेका बेला सुवेदीले बुधबार...

जिराभवानी गाउँपालिकामा बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन

वीरगंज । पर्साको जिराभवानी गाउँपालिका–२, सेढवास्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा १९ सदस्यीय बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन गरिएको छ। युरोपियन युनियनको आर्थिक सहयोग...