Date
बिहि, कार्तिक १३, २०८३
Thu, October 29, 2026

स्माईल डेन्टल क्लिनिक अर्काे ठाउँमा संचालन, मन्त्री यादव र मेयर सिंहले गरे उद्घाटन

spot_img
spot_img

वीरगंज । वीरगंजकाे लिंकरोडस्थित कुमु प्यालेसको छेउमा स्माईल डेन्टल केयर एण्ड पोलिक्लिनिक सञ्चालनमा आएको छ । यसअघि लिंकरोडकै अर्को स्थानमा रहेको यो क्लिनिक अहिले नयाँ ठाउँबाट परिस्कृत ढंगले सञ्चालनमा आएको हो ।

शनिवार बिहान एक कार्यक्रम बिच नेपाल सरकारका खानेपानी मन्त्री प्रदीप यादव एवं वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले सयुँक्त रुपमा क्लिनिकको उद्घाटन गरे । कार्यक्रमका प्रमुख अतिथी मन्त्री यादवले “स्वास्थ्यमा दन्त उपचारको महत्त्वपूर्ण भूमिका रहेको वताउँदै यस क्लिनिकले वीरगंजमा अत्याधुनिक सेवा प्रदान गर्ने वताए ।

मेयर सिंहले पनि आफ्नो मन्तव्य राख्दै, “वीरगंजमा दन्तसम्बन्धी समस्या समाधान गर्न यो क्लिनिकले ठुलो योगदान गर्ने बताए ।

कार्यक्रममा क्लिनिकका प्रबन्ध निर्देशक आमिर आलमले “करिब ३० लाखको लगानीमा सञ्चालित यस क्लिनिकमा आरसिटी, क्याप लगाउने, डेन्टल इम्प्लान्ट लगायतका अत्याधुनिक सेवाहरू उपलब्ध हुने वताए । साथै, उनले क्लिनिकबाट १० जनाले रोजगारी पाएको जानकारी पनि दिए ।

उद्घाटन कार्यक्रममा पूर्व मन्त्री करिमा बेगम, पूर्व प्रदेश सभा सदस्य जन्नत अन्सारी, प्रहलाद गिरी, जिल्ला समन्वय समिति पर्साका पूर्व प्रमुख नेकमहमद अन्सारी, पर्सागढी नगरपालिकाका कार्यापालिका सदस्य अस्लम आलम लगायतकाकाे उपस्थिति रहेको थियो।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पकाहाँ मैनपुरमा कांग्रेसका केन्द्रीय सदस्य क्षेत्रीलाई स्वागत तथा सम्मान

वीरगंज । नेपाली कांग्रेस पर्साका जिल्ला सभापति तथा नवनिर्वाचित केन्द्रीय सदस्य जनार्दन सिंह क्षेत्रीलाई पर्साको पकाह मैनपुर गाउँपालिका–३ मा आयोजित एक कार्यक्रमबीच स्वागत तथा...

वीरगंजका बैंकलाई सांसद पन्तको आग्रह : यहाँको नाफाको सीएसआर यहीँ खर्च गरौँ

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले वीरगन्जमा व्यवसाय सञ्चालन गरी नाफा कमाइरहेका बैंकहरूलाई आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व...

दसैँमा समेत तलब नपाएपछि सखुवाप्रसौनीका प्रधानाध्यापकद्वारा ज्ञापनपत्र

सेढवा । पर्साको सखुवाप्रसौनी गाउँपालिकामा गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतबीचको विवादका कारण शिक्षक तथा कर्मचारीले दसैँमा समेत तलब पाउन नसकेको विषय सार्वजनिक भएको...