Date
शुक्र, कार्तिक १४, २०८३
Fri, October 30, 2026

पर्सामा बाख्रा चराउन गएकी बालिकाकाे नदीमा डुबेर मृत्यु

spot_img
spot_img

वीरगंज । पर्साको बिन्दवासिनी गाउँपालिका वडा नम्बर ५ प्रसौनी भाट्ठामा एक जना बालिकाको नदिमा डुबेर मृत्यु भएको छ । बाख्रा चराउन गएकी स्थानिय आलिम राउत गद्दीकाे १० बर्षिया छोरी साजिदा खातुनको नदीमा डुबेर मृत्यु भएकाे हाे ।

शुक्रबार दिउसो २ बजेको समयमा बाख्रा चराउन गएकी बालिकाकाे गाउँकाे पश्चिमपट्टी रहेको धुतहा नदीमा डुबेर मृत्यु भएको प्रहरी चौकी प्रसाैनी भाट्ठाले जनाएको छ । नदीमा डुबेकी बालिकालाई प्रहरी र स्थानियले उद्धार गरी उपचारका लागी वीरगंजस्थित नारायणी अस्पालमा पठाएका थिए ।

उपचारको क्रममा नारायणी अस्पताल मै बालिकाकाे मृत्यु भएको अस्पतालले जनाएको छ । अहिले खातुनको शव परिक्षणकाे लागि नारायणी अस्पताल मै राखिएको मृतकका दाई ईब्राहिम राउत गदीले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नेपाल प्रेसको कार्यालयमै छिरेर पत्रकार सुवेदी पक्राउ, पक्राउ पुर्जीबिनै प्रहरीको धरपकड

काठमाडौं । प्रहरीले काठमाडौंस्थित नेपाल प्रेसको कार्यालयभित्रै प्रवेश गरेर पत्रकार विश्वमणि सुवेदीलाई नियन्त्रणमा लिएको छ । सादा पोशाकमा आएका प्रहरीले समाचार कक्षमै कार्यरत रहेका...

छठअघि सिर्सिया नदी सफा राख्न उद्योग विभागको निर्देशन

वीरगञ्ज । उद्योग विभागले प्रशोधन नगरी वा निर्धारित वातावरणीय मापदण्डविपरीतको फोहोर पानी नदी तथा खोलामा सिधै विसर्जन नगर्न देशभरका उद्योगहरूलाई निर्देशन दिएको छ। विशेषगरी वीरगञ्ज–पथलैया...

मधेस प्रदेशमा अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण हुने

जनकपुरधाम । मधेस प्रदेश सरकारले सरकारी निकायहरूको आर्थिक कारोबारमा वित्तीय अनुशासन र पारदर्शिता कायम गर्ने उद्देश्यले अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण गर्ने भएको छ। चालू...